यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सम्बन्ध विच्छेदको लागि आधार
मत्ती 19 : 9
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
मत्ती 5 : 31 – 32
31 “यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’
32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।
१ कोरिन्थी 7 : 10 – 11
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्।
11 तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। पतिले आफ्नी पत्नीलाई नत्यागोस्।
लूका 16 : 18
18 “जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।
१ पत्रुस 3 : 7
7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्।
Leave a Reply