सम्बन्धविच्छेद र अलगाव

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सम्बन्धविच्छेद र अलगाव

१ कोरिन्थी 7 : 10 – 11
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।

मर्कूस 10 : 2 – 12
2 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गर्नु न्‍यायसङ्गत छ?
3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्‌?”
4 तिनीहरूले भने, “एउटा त्‍यागपत्र लेखेर मानिसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गर्न सक्‍छ भनी मोशाले अनुमति दिएका छन्‌।”
5 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए।
6 तर सृष्‍टिको आरम्‍भदेखि परमेश्‍वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।
7 ‘यसैकारण मानिस आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ,
8 र ती दुई जना एउटै शरीर हुनेछन्‌।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌।
9 यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्‌।”
10 घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे।
11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गरेर अर्कीसँग विवाह गर्छ, त्‍यसले तिनको विरुद्ध व्‍यभिचार गर्छ।
12 अनि यदि स्‍त्रीले आफ्‍नो पतिसँग विवाहविच्‍छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्‍यभिचार गर्छे।”

१ कोरिन्थी 7 : 15
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।

१ कोरिन्थी 7 : 10 – 16
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
16 हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?

मत्ती 19 : 9
9 म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

व्यवस्था 24 : 1 – 4
1 आफ्‍नो विवाह गरेकी स्‍त्रीमा केही खोट पाएर त्‍यससँग असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर कसैले आफ्‍नो घरबाट निकालिदियो भने,
2 र यदि घर छोड़ेपछि त्‍यो अर्को मानिसकी पत्‍नी भई
3 र दोस्रो पति पनि असन्‍तुष्‍ट भई त्‍यसलाई त्‍यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्‍यो भने,
4 त्‍यो अशुद्ध भएकी हुनाले त्‍यसलाई त्‍याग्‍ने पहिलो पतिले फेरि त्‍यसलाई आफ्‍नो पत्‍नी तुल्‍याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्‍याउनू।

लूका 16 : 18
18 “जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *