यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समुदाय
हिब्रू 10 : 24 – 25
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
प्रेरित 2 : 42 – 47
42 तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।
43 हरेकको हृदयमा भय उत्पन्न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए।
44 विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए।
45 तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड़िदिन्थे।
46 तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे,
47 र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।
रोमी 12 : 3 – 13
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
गलाती 6 : 2
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
उपदेशक 4 : 9 – 12
9 एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्।
10 यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा!
11 त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने?
12 एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।
१ थेसलोनिकी 5 : 14
14 भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।
मत्ती 22 : 37 – 40
37 उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू।
38 महान् र प्रथम आज्ञा यही हो।
39 दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।
40 सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”
मत्ती 5 : 13 – 16
13 “तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
मत्ती 18 : 20
20 किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
भजनसंग्रह 133 : 1 – 3
1 यात्राको निम्ति दाऊदको गीत [1] दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ।
2 यो त शिरमा लगाइएको मूल्यवान् तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
3 त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ।
यूहन्ना 15 : 1 – 12
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ।
2 ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ।
3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
4 ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ।
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।
6 कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ।
8 तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।
9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।
10 यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
11 मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्।
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
यूहन्ना 15 : 12 – 13
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
13 आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
हितोपदेश 17 : 17
17 एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।
फिलिप्पी 2 : 3 – 16
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
6 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
8 स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
9 त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
10 कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।
16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ।
१ पत्रुस 2 : 9 – 10
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
रोमी 12 : 9 – 21
9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
18 हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
एफिसी 4 : 15 – 16
15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
16 उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
इजकिएल 34 : 1 – 31
1 परमप्रभुको यो वचन मकहाँ आयो:
2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘धिक्कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्दछन्! के गोठालाले भेड़ाहरूको वास्ता गर्नुपर्ने होइन र?
3 तिमीहरू दही खान्छौ, ऊनको वस्त्र लगाउँछौ, मोटा-मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ।
4 तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलहमपट्टी लगाइदिएका छैनौ। तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ, हराएकालाई खोजेका छैनौ। तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौ।
5 यसैले तिनीहरू छरपष्ट भए, किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्ट भए, तब तिनीहरू जङ्गली जनावरका शिकार भए।
6 मेरा भेड़ाहरू बाटो बिराएर पहाड़हरू र हरेक अल्गो डाँड़ामा गए। तिनीहरू सारा पृथ्वीभरि नै छरपष्ट भए, र कसैले तिनीहरूको खोजी अथवा सोधपूछ गरेन।
7 “‘यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:
8 परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, गोठाला नभएका कारण मेरो बगाल लुटिएर जङ्गली जनावरहरूको आहारा भएको छ। किनभने मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, र भेड़ाहरूको त होइन, तर आफ्नै मात्र वास्ता गरे।
9 यसैकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:
10 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म गोठालाहरूका विरुद्धमा छु, र तिनीहरूले मेरो बगालको लेखा दिनुपर्नेछ। म ती गोठालाहरूलाई बगालको हेरचाह गर्नदेखि हटाइदिनेछु, ताकि गोठालाहरूले अब आफैलाई पोस्याउन नपाऊन्। म तिमीहरूका मुखबाट मेरा बगाललाई बचाउनेछु, र मेरा भेड़ाहरू तिनीहरूका निम्ति भोजन हुनेछैनन्।
11 “‘किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब म आफैले मेरा भेड़ाहरूको खोजी गरेर तिनीहरूको हेरचाह गर्नेछु।
12 जसरी आफ्नो बगाल यताउता छरपष्ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्न जान्छ, त्यसरी नै म मेरा भेड़ाहरूलाई खोज्नेछु। अँध्यारो धुम्मिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।
13 म तिनीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्याउनेछु, र देश-देशबाट भेला गर्नेछु। म तिनीहरूलाई तिनीहरूको आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाड़हरूमा, त्यसका खोल्साहरूमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
14 म तिनीहरूलाई राम्रो चरनमा चराउनेछु, र इस्राएलका अल्गा-अल्गा पहाड़हरू तिनीहरूका खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा पल्टिबस्नेछन्, र इस्राएलका पहाड़हरूमा असल चरनमा तिनीहरू चर्न पाउनेछन्।
15 म आफै मेरा भेड़ाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई त्यहाँ सुताउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
16 हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु। तर मोटा, ताजा र बलियाहरूलाई म नष्ट पार्नेछु। बगालको हेरचाह न्यायसित गर्ने गोठालो म हुनेछु।
17 “‘हे मेरो बगाल, तिमीहरूलाई चाहिँ परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म एउटा भेड़ा र अर्को भेड़ाको बीचमा,
18 र भेड़ाहरू र बाख्राहरूका बीचमा न्याय गर्नेछु! के असल चरनमा चर्न पाएर पनि तिमीहरूलाई पुगेन? किन तिमीहरू बाँकी चरनलाई तिमीहरूका खुट्टाले कुल्चन्छौ? के स्वच्छ पानीले तिमीहरूलाई पुगेन? किन तिमीहरू अरू पानीलाई खुट्टाले हिलै-हिलो बनाउँछौ?
19 के मेरो बगालले तिमीहरूले कुल्चेको चरन चर्ने, र तिमीहरूले खुट्टाले हिलै-हिलो बनाएको पानी पिउने?
20 “‘यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘हेर, म आफै मोटा-मोटा र दुब्ला-दुब्ला भेड़ाहरूका बीचमा न्याय गर्नेछु।
21 किनभने तिमीहरूले त दुब्लाहरूलाई कुमले घचेट्दै, सीङले हान्दै, तिनीहरूलाई धपाइरहेछौ, र छरपष्ट पारिरहेछौ।
22 म मेरो छरपष्ट भएको बगाललाई बचाउनेछु, र तिनीहरू फेरि कहिल्यै लुटिनेछैनन्। म भेड़ा-भेड़ाको बीचमा न्याय गर्नेछु।
23 म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु। त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ।
24 म परमप्रभु, तिमीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊदचाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ। म परमप्रभुले यो भनेको हुँ।
25 “‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली जनावरहरूबाट छुटाउनेछु, ताकि तिनीहरू निर्धक्क भएर मरुभूमिमा बस्न र वनमा सुत्न पाऊन्।
26 म तिनीहरूलाई र मेरो डाँड़ाको चारैतिरका ठाउँहरूलाई आशिष् दिनेछु। म ठीक ऋतुमा तिनीहरूका निम्ति झरी बर्साइदिनेछु। त्यहाँ आशिष्का झरीहरू हुनेछन्।
27 मैदानमा भएका रूखहरूले फल दिनेछन्, जमिनले आफ्नो फसल दिनेछ, र मानिसहरू देशमा सुरक्षित हुनेछन्। तिनीहरूका जुवाका काठ भाँचेर तिनीहरूलाई कमारा तुल्याउनेहरूबाट मुक्त गर्दा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।
28 तिनीहरूलाई जाति-जातिहरूले कहिल्यै लूटपीट गर्नेछैनन्, न त जङ्गली जनावरहरूले तिनीहरूलाई निल्नेछन्। तिनीहरू सुरक्षितसाथ बस्नेछन्, र तिनीहरूलाई कसैले डर देखाउनेछैन।
29 म तिनीहरूलाई एउटा यस्तो देश दिनेछु, जो त्यसका अन्नको निम्ति प्रख्यात हुनेछ। तिनीहरू त्यस देशमा फेरि कहिल्यै अनिकालको शिकार हुनेछैनन्, अथवा जाति-जातिहरूको गिल्ला तिनीहरूले सहनुपर्नेछैन।
30 तब म परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूका साथमा छु, र इस्राएलको घरानाचाहिँ मेरो प्रजा हो भनी तिनीहरूले जान्नेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ’। सर्वोच्च परमप्रभु घोषणा गर्नुहुन्छ।
31 तिमीहरू मेरा भेड़ाहरू हौ, मेरो खर्कका भेड़ाहरू, मेरै मानिसहरू हौ, र मचाहिँ तिमीहरूका परमेश्वर हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
Leave a Reply