समापन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समापन

फिलिप्पी 1 : 4 – 6
4 तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु,
5 कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु।
6 मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ।

याकूब 1 : 1 – 4
1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
3 किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।
4 धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।

भजनसंग्रह 138 : 8
8 परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्‍ति रहिरहन्‍छ— तपाईंका हातको रचनालाई नत्‍याग्‍नुहोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *