समानता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समानता

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

रोमी 2 : 11
11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

यूहन्‍ना 13 : 16
16 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, नोकर आफ्‍नो मालिकभन्‍दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्‍दा ठूलो हुँदैन।

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

गलाती 3 : 26 – 29
26 किनकि विश्‍वासद्वारा तिमीहरू सबै ख्रीष्‍ट येशूमा परमेश्‍वरका सन्‍तान हौ।
27 किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ।
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।
29 यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।

मर्कूस 12 : 31
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

कलस्सी 1 : 16 – 17
16 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।
17 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।

लेवीहरू 19 : 33 – 34
33 “‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्‍यवहार नगर्नू।
34 तिमीहरूले त्‍यसलाई आफ्‍नै देशमा जन्‍मेको जस्‍तै ठान्‍नू। तिमीहरूले त्‍यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *