समस्या समाधान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समस्या समाधान

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

मत्ती 18 : 15 – 18
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।
17 यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।
18 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ।

हितोपदेश 3 : 5
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌

प्रस्‍थान 20 : 13
13 “हत्‍या नगर्नू।

हितोपदेश 3 : 6
6 आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।

मत्ती 7 : 7
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

मर्कूस 11 : 22 – 25
22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख।
23 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ।
24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।
25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

१ यूहन्‍ना 4 : 19
19 हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

लूका 17 : 3 – 4
3 आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।
4 यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

मत्ती 7 : 16 – 20
16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?
17 त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
18 असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ।
19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।
20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।

लूका 6 : 27
27 “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *