समलिङ्गीहरु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समलिङ्गीहरु

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

यशैया 56 : 3 – 5
3 परमप्रभुसँग आफूलाई बन्‍धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्‍तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”
4 किनकि परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्‍छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्‍ने नपुंसकहरूलाई
5 म मेरो मन्‍दिर र त्‍यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्‍दा पनि अझ असल स्‍मारक तुल्‍याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्‍यै नकाटिने अनन्‍तको नाउँ दिनेछु।

१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

रोमी 1 : 23 – 28
23 र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।
24 यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।
25 किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,
27 र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।
28 यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो।

रोमी 13 : 8 – 10
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।

२ शमूएल 1 : 26
26 हे जोनाथन, मेरा भाइ, तिम्रो निम्‍ति म विलाप गर्दछु। तिमी मेरो निम्‍ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्‍मको थियो, स्‍त्रीको प्रेमलाई जित्‍ने।

१ शमूएल 18 : 1 – 4
1 दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्‍मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे।
2 त्‍यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्‍ना बुबाको घरमा फेरि फर्किजान दिएनन्‌।
3 जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे।
4 तब जोनाथनले आफूले लाएका खास्‍टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्‍नो तरवार, धनु र पेटीसमेत दिए।

१ कोरिन्थी 7 : 7 – 9
7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।
8 तर अविवाहित र विधवाहरूलाई म भन्‍दछु, तिनीहरू मजस्‍तै अविवाहित रहे तिनीहरूका निम्‍ति असल हुनेछ।
9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।

गलाती 5 : 14
14 किनभने समस्‍त व्‍यवस्‍था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्‌।”

मत्ती 19 : 11 – 12
11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्‍दैनन्, केवल तिनीहरूले मात्र सक्‍छन्‌ जसलाई यो दिइएको छ।
12 किनकि कोही जन्‍मँदै नपुंसक हुन्‍छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्‍छन्‌। कतिचाहिँ आफैले आफैलाई स्‍वर्ग-राज्‍यको निम्‍ति नपुंसक बनाउँछन्‌। जसले यो ग्रहण गर्न सक्‍छ, त्‍यसले त्‍यो ग्रहण गरोस्‌।”

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

१ तिमोथी 4 : 1 – 16
1 पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌।
2 झूट बोल्‍ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्‍तो हुन्‍छ।
3 तिनीहरू विवाह निषेध गर्छन्‌। विश्‍वास गर्नेहरू र सत्‍य जान्‍नेहरूले धन्‍यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्‍वरले सृजनुभएका भोजनहरूबाट अलग्‍ग बस्‍ने आदेश दिन्‍छन्‌।
4 परमेश्‍वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्‍यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्‍कार गरिनुपर्दैन।
5 किनभने त्‍यो परमेश्‍वरको वचन र प्रार्थनाले चोखो तुल्‍याइन्‍छ।
6 यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्‍त र विश्‍वासको वचनमा पुष्‍ट भएर तिमी ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ।
7 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।
8 किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।
9 यो भनाइ निश्‍चित र सम्‍पूर्ण रूपले ग्रहणयोग्‍य छ,
10 किनकि यस उद्देश्‍यले हामी परिश्रम र प्रयत्‍न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्‍छ।
11 यी नै कुराको आज्ञा देऊ र सिकाऊ।
12 जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
13 म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ।
14 तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।
15 यी कर्तव्‍यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌।
16 आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।

मत्ती 22 : 39
39 दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।

हितोपदेश 17 : 15
15 दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ।

मर्कूस 7 : 20 – 23
20 उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।
21 किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।
23 यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।

लेवीहरू 19 : 19
19 “‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्‍न-भिन्‍न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्‍नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।

यूहन्‍ना 7 : 24
24 मुख हेरेर होइन, तर ठीक किसिमले इन्‍साफ गर।”

रोमी 1 : 32
32 यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *