समन्वयवाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समन्वयवाद

व्यवस्था 12 : 31
31 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्‍छ। उनीहरू आफ्‍ना छोराछोरीहरूलाई पनि आफ्‍ना देवताहरूका लागि आगोमा होमिदिन्‍छन्‌।

व्यवस्था 4 : 2
2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।

२ राजाहरू 17 : 33 – 41
33 उनीहरूले परमप्रभुको उपासना गर्थे, तर जुन जातिहरूबाट उनीहरू ल्‍याइएका थिए, उनीहरूकै रीतिअनुसार चलेर उनीहरूले आफ्‍नै देवताहरूको सेवा पनि गर्थे।
34 उनीहरूले अघि-अघिका रीतिहरू आजको दिनसम्‍मै चलाइराखेका छन्‌। उनीहरू न त परमप्रभुको उपासना गर्छन्, न उहाँका उर्दीहरू र विधिहरू, र उहाँका विधान र आज्ञाहरू पालन गर्छन्, जुन उहाँले याकूबका सन्‍तानहरूलाई दिनुभयो, जसको नाउँ उहाँले इस्राएल भनी राख्‍नुभएको थियो, सो पालन गर्छन्‌।
35 जब परमप्रभुले इस्राएलीहरूसँग करार बाँध्‍नुभयो, तब उहाँले तिनीहरूलाई यो आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूको उपासना नगर्नू, अथवा तिनीहरूका सामु तिमीहरू ननिहुरनू, वा तिनीहरूको सेवा नगर्नू, वा तिनीहरूलाई बलिदान चढ़ाउनू।
36 तर आफ्‍नो ठूलो शक्ति र पसारिएको पाखुराद्वारा तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने परमप्रभुको मात्र उपासना गर्नू। उहाँकै सामुन्‍ने तिमीहरू निहुरनू, उहाँलाई नै तिमीहरूले बलिदान चढ़ाउनू।
37 तिमीहरूका निम्‍ति उहाँले लेख्‍नुभएका उर्दीहरू, विधिहरू, विधानहरू र आज्ञाहरू तिमीहरूले होशियारीसित निरन्‍तर पालन गर्नू। तिमीहरूले अरू देवताको उपासना नगर्नू।
38 मैले तिमीहरूसित बाँधेको करारलाई नभुल्‍नू, र तिमीहरूले अरू देवताहरूको उपासना नगर्नू।
39 बरु परमप्रभु तिमीहरूका परमेश्‍वरको मात्र उपासना गर्नू। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ।”
40 तापनि तिनीहरूले सुन्‍न मानेनन्, र आफ्‍ना अगाड़िका व्‍यवहारमा हिँड़िरहे।
41 परमप्रभुको उपासना गर्दागर्दै पनि तिनीहरूले आफ्‍नै मूर्तिहरूको सेवा गरिरहे। आजको दिनसम्‍मै तिनीहरूका छोराछोरीहरू र नाति-नातिनाहरू आफ्‍ना पिता-पुर्खाहरूका चालमा हिँड्‌दैआएका छन्‌।

सपन्‍याह 1 : 5
5 घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *