यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सब्बाटिक वर्ष
व्यवस्था 15 : 9
9 होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्यो भन्ने कुभावना मनमा राखेर आफ्नो गरीब दाजुभाइलाई गोहार गर्न इन्कार गर्यो, भने त्यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्नेछ।
व्यवस्था 31 : 10
10 तब मोशाले तिनीहरूलाई यस्तो आदेश दिए: “प्रत्येक सात वर्षको अन्तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा,
प्रस्थान 23 : 11
11 तर सातौँ वर्षमा चाहिँ त्यसलाई नजोती बाँझै छोड़िदेओ, र त्यसबाट तिमीहरूमध्येका गरीबहरूले खाऊन्। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर।”
प्रस्थान 21 : 2
2 “तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गरोस्। तर सातौँ वर्षमा केही नतिरी त्यो स्वतन्त्र भएर जाओस्।
व्यवस्था 15 : 12
12 यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्छ, त्यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने, सातौँ वर्ष त्यसलाई मुक्त भएर जान दिनू।
यर्मिया 34 : 14
14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्वतन्त्र गर्नू। छ वर्षसम्म तिमीहरूको चाकरी गरिसकेपछि त्यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन् अथवा ध्यानै दिएनन्।
व्यवस्था 15 : 6
6 आफ्नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्।
व्यवस्था 15 : 18
18 त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ।
नहेम्याह 10 : 31
31 “यदि शबाथमा यी मानिसहरूले व्यापारका माल वा अन्न बेच्न ल्याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्नेछैनौं। प्रत्येक सातौँ वर्ष हामी खेतबारीमा उब्जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं।
व्यवस्था 31 : 13
13 यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नुपर्नेछ।
नहेम्याह 8 : 18
18 पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनहुँ एज्राले परमेश्वरका व्यवस्थाको पुस्तक पढ़े। तिनीहरूले सात दिनसम्म यो चाड़ मनाए। र आठौँ दिनमा विधिअनुसार पवित्र सभा थियो।
लेवीहरू 26 : 41
41 जसले गर्दा म तिनीहरूको शत्रु भएँ, र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाएँ— यदि आफ्ना दुष्ट हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,
Leave a Reply