सबमिशन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सबमिशन

हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

एफिसी 5 : 21
21 ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।

लूका 22 : 42
42 “हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।”

१ पत्रुस 5 : 5
5 त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने, “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

१ कोरिन्थी 14 : 34
34 स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌।

एफिसी 5 : 25
25 पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,

मत्ती 26 : 39
39 अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।”

एफिसी 5 : 22
22 पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।

कलस्सी 3 : 22 – 24
22 कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

एफिसी 5 : 21 – 33
21 ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
22 पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।
23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।
24 जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।
25 पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।
28 त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”
32 यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *