यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सफा गर्दै
हिब्रू 9 : 22
22 वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
१ यूहन्ना 1 : 7
7 तर उहाँ ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
२ तिमोथी 2 : 21
21 जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।
यशैया 55 : 10 – 11
10 जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ,
11 त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।
Leave a Reply