सपना देख्नेहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सपना देख्नेहरू

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

यशैया 14 : 1 – 32
1 परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्‍नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्‍नै ठाउँमा बसाल्‍नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्‍नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्‍नेछन्‌।
2 जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्‍याउनेछन्‌। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्‌। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्‌। तिनीहरूलाई अत्‍याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्‌।
3 जब परमप्रभुले तिमीहरूको दु:ख, कष्‍ट र कठोर बन्‍धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ,
4 तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्‍याचारीको कसरी पतन भयो! त्‍यसको रीसको अन्‍त कसरी भयो!
5 परमप्रभुले दुष्‍टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्‍ड,
6 जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्‍थ्‍यो र रोक्‍न नसक्‍ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्‍यो।
7 सबै देशहरूले विश्राम र शान्‍ति पाएका छन्‌। तिनीहरू गाउन लागेका छन्‌।
8 सल्‍लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्‌न कोही रूख काट्‌ने आएको छैन।”
9 तेरो आगमनमा तँलाई भेट्‌न चिहान [1] पनि तेरो निम्‍ति चलमलाएको छ। त्‍यसले मरेर बिदा भइसकेका आत्‍माहरूलाई पनि तँलाई स्‍वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्‍यसले उनीहरूलाई आफ्‍ना सिंहासनबाट उठ्‌न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए।
10 उनीहरू सबैले तँलाई जवाफ दिएर भन्‍नेछन्, “तँ पनि हामीजस्‍तै निर्बल भएको छस्‌। तँ हामीजस्‍तै भएको छस्‌।”
11 तेरा सबै रवाफ त तेरा वीणाको गुञ्‍जनसँगै चिहानमा झारिएका छन्‌। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्‌ने भएका छन्‌।
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।
13 तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु।
14 म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”
15 तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।
16 तँलाई देख्‍नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्‍यमाथि ध्‍यानसित गुनेर भन्‍नेछन्, “पृथ्‍वीलाई हल्‍लाउने तथा राज्‍यहरूलाई थरहरी पार्ने
17 त्‍यो त्‍यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्‍यसका सहरहरूलाई पराजय गर्‍यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्‍यही मानिस हो?”
18 जाति-जातिका सबै राजाहरू, प्रत्‍येक आ-आफ्‍नै चिहानमा गौरवमा पस्रिरहेका छन्‌।
19 तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्‍तै फ्‍याँकिइस्‌। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्‌। तँ खुट्टाले कुल्‍चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्‌।
20 दफनको समयमा तँ उनीहरूसित मिल्‍नेछैनस्, किनकि तैंले आफ्‍नो देशको संहार गरेको छस्, तैंले आफ्‍ना मानिसहरूलाई मारेको छस्‌। दुष्‍टका सन्‍तानको नाउँ कहिल्‍यै लिइनेछैन।
21 उनीहरूका पुर्खाका पापको निम्‍ति त्‍यसका छोराहरूलाई मार्न ठाउँ तयार गर। देशका उत्तराधिकारी हुन उनीहरू नउठून्, र पृथ्‍वी उनीहरूका सहरहरूले नभरोस्‌।
22 “सर्वशक्तिमान्‌ परमप्रभु यो घोषणा गर्नुहुन्‍छ, ‘म उनीहरूका विरुद्धमा खड़ा हुनेछु, र बेबिलोनबाट बाँचेकाहरू, त्‍यसका बालबच्‍चाहरू, र त्‍यसको नाउँ मेटिदिनेछु।
23 म त्‍यसलाई लाटोकोसेरो बस्‍ने ठाउँ र धाप बनाउनेछु। म त्‍यसलाई सर्वनाशको कुच्‍चोले बढ़ार्नेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
24 सर्वशक्तिमान्‌ परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्‍यो निश्‍चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्‍यो स्‍थिर रहनेछ।
25 म अश्‍शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरा पर्वतहरूमा त्‍यसलाई पैतालाले कुल्‍चनेछु। त्‍यसको जुवा मेरा प्रजाबाट उतारिनेछ र त्‍यसको भारी तिनीहरूका काँधबाट हटाइनेछ।”
26 यही योजना सारा पृथ्‍वीको निम्‍ति सङ्कल्‍प गरिएको छ, र यही हात सारा जाति-जातिहरूमाथि पसारिएको छ।
27 किनभने सर्वशक्तिमान्‌ परमप्रभुले अभिप्राय राख्‍नुभएको छ, र कसले त्‍यसको खण्‍डन गर्न सक्‍छ? उहाँको हात पसारिएको छ, र कसले त्‍यो फर्काउन सक्‍छ र?
28 आहाज राजा मरेको वर्षमा यो ईश्‍वरवाणी आयो:
29 “हे सारा पलिश्‍तीहरू, तिमीहरूलाई हिर्काउने लहुरो भाँचियो भनेर रमाहट नगर, किनकि त्‍यही साँपको वंशबाट विषालु सर्प निस्‍कनेछ। त्‍यसको फल अति विषालु सर्प हुनेछ।
30 गरीबभन्‍दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्‍कसित ढल्‍कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्‍यसले मार्नेछ।
31 ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्‍कार गर! ए पलिश्‍तीहरू, तिमीहरू सबै पग्‍लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्‍यसको सेनाको पङ्‌क्तिमा एउटै पनि धरमराउने हुँदैन।
32 तब त्‍यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्‍थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्‍यसमा शरण पाउनेछन्‌।”

प्रेरित 10 : 1 – 48
1 कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्‍ने पल्‍टनका एक कप्‍तान थिए।
2 तिनी ईश्‍वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्‍वरको भय मान्‍थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्‍वरलाई सधैँ प्रार्थना गर्थे।
3 तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍ट रूपले परमेश्‍वरका एउटा स्‍वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”
4 भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्‍नुहोस्‌।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्‍झनाको रूपमा परमेश्‍वरको सामने पुगेका छन्‌।
5 अब मानिसहरूलाई योप्‍पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।
6 तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।”
7 जब तिनीसँग बोल्‍ने स्‍वर्गदूत बिदा भए, तब तिनले आफ्‍ना नोकरहरूमध्‍ये दुई जना र निरन्‍तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए,
8 र तिनीहरूलाई सबै कुरा बताएर योप्‍पामा पठाए।
9 भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले।
10 तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए।
11 तिनले स्‍वर्ग उघ्रेको र त्‍यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्‍तो केही पृथ्‍वीतिर झरिरहेको देखे।
12 त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए।
13 तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।”
14 तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”
15 त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।”
16 तीन पल्‍टसम्‍म यस्‍तो भयो, र तुरुन्‍तै त्‍यो तन्‍ना स्‍वर्गतिर लगियो।
17 जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए,
18 “पत्रुस भनिने सिमोन यहाँ बसेका छन्‌ कि?” भनी उच्‍च सोरमा सोधे।
19 जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्‍माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्‍दैछन्‌।
20 उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।”
21 तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”
22 तिनीहरूले भने, “एक जना कप्‍तान कर्नेलियस, जो सोझा र परमेश्‍वरसँग डराउने र सारा यहूदी जातिबाट सम्‍मान पाएका व्‍यक्ति हुनुहुन्‍छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्‍देश सुन्‍नू भनी एउटा पवित्र स्‍वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ।
23 तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे। भोलिपल्‍ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्‍पाका कतिपय भाइहरू तिनको साथ लागे।
24 पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।
25 जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्‍डवत्‌ गरे।
26 तर पत्रुसले उनलाई यसो भन्‍दै उठाए, “उठ्‌नुहोस्, म आफै पनि त मानिस नै हुँ।”
27 तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्‍यहाँ तिनले धेरै जना जम्‍मा भएका भेट्टाए।
28 तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्‍वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्‍नू भनी देखाउनुभएको छ।
29 यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।”
30 तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्‍ने खड़ा भए,
31 र भने, ‘कर्नेलियस, परमेश्‍वरको सामुन्‍ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्‍झना भएको छ।
32 यसकारण योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्‌।’
33 तब मैले तुरुन्‍तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्‍थित छौं।”
34 तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न,
35 तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ।
36 परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।)
37 यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो,
38 कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्‍थ्‍यो।
39 “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे।
40 उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो,
41 सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं।
42 उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ।
43 सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”
44 पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो।
45 अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए।
46 किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने,
47 “हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?”
48 अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

गलाती 6 : 1
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्‍मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्‍नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।

यूहन्‍ना 14 : 1
1 “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।

व्यवस्था 18 : 20 – 22
20 तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।”
21 तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्‍ने?”
22 कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो। तिमीहरू त्‍यसदेखि नडराउनू।

यहूदा 1 : 8
8 त्‍यसै गरी सपना देख्‍ने यी मानिसहरूले आफ्‍ना शरीरलाई अशुद्ध तुल्‍याउँछन्, अधिकार इन्‍कार गर्छन्‌ र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *