यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सन्धि
यहोशू 9 : 15
15 अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे।
१ राजाहरू 15 : 19
19 “मेरा पिता र तपाईंका पिताका बीचमा सन्धि भएझैँ म र तपाईंका बीचमा सन्धि होस्। हेर्नुहोस्, म सुन र चाँदीको यो कोसेली पठाउँदैछु। अब इस्राएलका राजा बाशासितका तपाईंको सन्धि तोड्नुहोस्, र तिनी मबाट फर्केर जाऊन्।”
१ राजाहरू 9 : 14
14 हीरामले राजालाई चार टन सुन पठाएका थिए।
१ राजाहरू 20 : 34
34 बेन-हददले तिनलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म तपाईंलाई फिर्ता गरिदिनेछु। अनि मेरा पिताले सामरियामा गरेझैँ तपाईंले पनि दमस्कसमा व्यापारका बजारहरू स्थापित गर्न सक्नुहुन्छ।” आहाबले भने, “सन्धि गरेर ती शर्तहरूमा म तिमीलाई छोड़िदिनेछु।” यसैले तिनले बेन-हददसँग एउटा सन्धि गरे र उनलाई छोड़िदिए।
यहोशू 9 : 21
21 अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए।
यहोशू 2 : 21
21 त्यसले भनी, “तपाईंहरूले भन्नुभएबमोजिम नै होस्।” अनि त्यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्यसले त्यो रातो डोरी झ्यालमा बाँधी।
१ राजाहरू 5 : 12
12 आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्तिको सम्बन्ध थियो, र ती दुवैले सन्धि बाँधे।
प्रस्थान 34 : 12
12 होशियार बस्! जुन देशमा तँ जान्छस्, त्यहाँका बासिन्दाहरूसँग तैंले सन्धि नगर्नू, नत्रता उनीहरू तिमीहरूका निम्ति पासो बन्नेछन्।
प्रस्थान 34 : 15
15 “होशियार, त्यस देशका बासिन्दाहरूसित तिमीहरूले सन्धि नगर्नू, नत्र उनीहरू आफ्ना देवताहरूका पछि लागेर आत्मिक व्यभिचारझैँ गर्दा र आफ्ना देवताहरूका लागि बलि गर्दा, उनीहरूले तिमीहरूलाई बोलाउनेछन् र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ।
Leave a Reply