सन्तुलन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सन्तुलन

अय्‍यूब 31 : 6
6 न्‍यायको तराजूमा परमेश्‍वरले मलाई तौलून्‌ र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष छु।

यशैया 40 : 12
12 कसले पानीलाई आफ्‍नो अँजुलीमा अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्‍वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?

यशैया 40 : 15
15 जाति-जाति त बाल्‍टीको एक थोपो पानीजस्‍तै छन्‌। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्‍तै छन्‌। उहाँले त टापूहरूलाई मसिनो धूलोजस्‍तै जोख्‍नुहुन्‍छ।

इजकिएल 5 : 1
1 “अब हे मानिसको छोरो, एउटा लाग्‍ने तरवार ली, र त्‍यो हजामको छुराजस्‍तै प्रयोग गरेर त्‍यसले आफ्‍नो कपाल र दाह्री खौरी। त्‍यसपछि जोख्‍नलाई तराजू ली, र ती कपाललाई भाग-भाग गर्‌।

यशैया 46 : 6
6 कसै-कसैले थैलाबाट सुन खन्‍याउँछन्‌ र चाँदी तराजूमा जोख्‍छन्‌ र एउटा सुनारलाई ज्‍यालामा लगाएर त्‍यसबाट तिनीहरू देवता बनाउँछन्‌ र तिनीहरू त्‍यसको सामुन्‍ने घोप्‍टो पर्छन्‌ र त्‍यसलाई पुज्‍छन्‌।

यर्मिया 32 : 10
10 मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ।

लेवीहरू 19 : 36
36 तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्‍नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

हितोपदेश 16 : 11
11 ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।

इजकिएल 45 : 10
10 तिमीहरूले ठीक-ठीक तौलका ढक र तराजू प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा [3] र बाथ [4] पनि ठीक-ठीक नापका होऊन्‌।

होशे 12 : 7
7 व्‍यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्‍यो मन पराउँछ।

आमोस 8 : 5
5 तिमीहरू जसले भन्‍छौ, “औंसी कहिले बित्‍छ र हामी अन्‍न बेच्‍न सकौं? अनि शबाथ कहिले समाप्‍त हुन्‍छ र हामी गहूँ बेच्‍न सकौं? माना सानो र ढक गह्रौँ बनाई झूटो तराजू चलाएर ठग्‍न सकौंला।

मीका 6 : 11
11 के कपटको तराजू र छलका ढकको थैलो राख्‍नेलाई म निर्दोष तुल्‍याऊँ?

हितोपदेश 11 : 1
1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

हितोपदेश 20 : 23
23 परमप्रभु घट्‍बढ्‌ नाप-तौल घृणा गर्नुहुन्‍छ, र छली तराजूले उहाँलाई प्रसन्‍न तुल्‍याउँदैन।

अय्‍यूब 6 : 2
2 “हाय, मेरो मनको दु:ख जोख्‍न मात्र सकिए त, अनि मेरा सबै विपत्ति तीसँगै तराजूमा राखिएको भए त!

अय्‍यूब 31 : 6
6 न्‍यायको तराजूमा परमेश्‍वरले मलाई तौलून्‌ र उहाँले जान्‍नुहुनेछ कि म निर्दोष छु।

भजनसंग्रह 62 : 9
9 निम्‍न स्‍तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्‌, उच्‍च स्‍तरका चाहिँ भ्रम मात्र हुन्‌। तराजूमा तिनीहरू जोखिँदा हलुका हुन्‍छन्‌, तिनीहरू दुवै एक मुट्ठी सास मात्र हुन्‌।

यशैया 40 : 12
12 कसले पानीलाई आफ्‍नो अँजुलीमा अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्‍वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?

दानिएल 5 : 27
27 टेकेल: [2] हजूर तराजूमा जोखिनुभएको छ, र हल्‍का भेट्टाइनुभएको छ।

प्रकाश 6 : 5
5 जब उहाँले तेस्रो मोहोर तोड्‌नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *