सन्तहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सन्तहरू

रोमी 1 : 7
7 रोममा भएका तिमीहरू सबै, परमेश्‍वरका प्रियहरू, जो सन्‍त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

१ कोरिन्थी 14 : 33
33 किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार,

हिब्रू 12 : 1
1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

प्रकाश 5 : 8
8 जब उहाँले त्‍यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्‍ने घोप्‍टो परे। प्रत्‍येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्‍तहरूका प्रार्थना हुन्‌।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *