सत्तरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सत्तरी

प्रस्‍थान 24 : 1
1 फेरि उहाँले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्‍ये सत्तरी जना परमप्रभुकहाँ माथि उक्‍लेर आओ, र टाढ़ैबाट आफ्‍नो भक्ति चढ़ाओ।

प्रस्‍थान 24 : 9
9 त्‍यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्‍ये सत्तरी जना माथि उक्‍ले,

गन्ती 11 : 16
16 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्‍मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन्‌ भन्‍ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्‍यहाँ तेरो साथमा उभिऊन्‌।

गन्ती 11 : 25
25 तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्‍माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्‍मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्‍यसो गरेनन्‌।

लूका 10 : 17
17 ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।”

यर्मिया 25 : 12
12 “तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्‍यसका जाति, अर्थात्‌ बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्‍ति उजाड़ पार्ने गरी दण्‍ड दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

यर्मिया 29 : 10
10 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु।

दानिएल 9 : 2
2 उनका राज्‍यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्‍त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्‍था सत्तरी वर्षसम्‍म रहनेछ।

जकरिया 1 : 12
12 तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, यी सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्‍म तिनीहरूमाथि आफ्‍नो दया रोकिराख्‍नुहुन्‍छ?”

दानिएल 9 : 24
24 “तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्‍ति अपराध खतम पार्न, पाप समाप्‍त गर्न, दुष्‍टताको लागि प्रायश्‍चित गर्न, अनन्‍त धार्मिकता ल्‍याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्‍द गर्न र महापवित्रस्‍थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ [2] को आदेश तोकिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *