यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् संसारिकता
१ शमूएल 8 : 20
20 तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्तै हुनेछौं।”
अय्यूब 20 : 29
29 दुष्ट मानिसको निम्ति परमेश्वरको इनाम र परमेश्वरले ठहराउनुभएको फल यस्तै हुन्छ।”
अय्यूब 21 : 15
15 सर्वशक्तिमान् को हो र हामी उहाँको आराधना गरौं? उहाँसँग प्रार्थना गरेर हामीले के पाउँछौं र?
भजनसंग्रह 49 : 18
18 त्यो बाँचुञ्जेल आफूलाई त्यसले धन्यको ठान्यो— कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छन्—
भजनसंग्रह 73 : 22
22 म यस्तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्य थिएँ।
हितोपदेश 14 : 13
13 मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।
हितोपदेश 15 : 21
21 समझ नभएको मानिस मूर्खतामा प्रसन्न रहन्छ, तर समझशक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ्छ।
हितोपदेश 21 : 17
17 सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन।
हितोपदेश 23 : 21
21 किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।
हितोपदेश 27 : 1
1 भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन।
हितोपदेश 27 : 7
7 टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ।
उपदेशक 1 : 8
8 सबै कुराहरू विरक्त छन्, यतिसम्म कि कसैले पनि त्यसको वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन, न त सुनेर कान तृप्त हुन्छ।
उपदेशक 2 : 12
12 तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन् भनी सोच्नलाई मैले मेरा विचार त्यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्छ र?
उपदेशक 6 : 12
12 किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्तै बिताउँछ, त्यसलाई के कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्यसलाई कसले भन्न सक्छ र?
उपदेशक 8 : 17
17 तब परमेश्वरले गर्नुभएका सबै कुराहरू मैले देखें। सूर्यमुनि के हुँदछ, सो कसैले पनि बुझ्न सक्दैन। मानिसले यसलाई खोज्ने सारा प्रयत्न गरे तापनि यी कुराको अर्थ पहिल्याउन सक्दैन। यदि कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गर्छ भने पनि यथार्थमा त्यसले जानेको हुँदैन।
उपदेशक 10 : 19
19 खुशीयालीको लागि भोज तयार गरिन्छ, र दाखमद्यले जीवनलाई आनन्दित तुल्याउँछ। तर, पैसाले नै हर कुरा सुल्झाउँछ।
उपदेशक 11 : 10
10 यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्था र बल व्यर्थ हुन्।
यशैया 22 : 13
13 तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।”
यशैया 24 : 11
11 मद्यको निम्ति सड़कहरूमा तिनीहरू कराउँछन्। सबै रमाहट नैराश्यमा परिणत भएको छ। पृथ्वीबाट खुशीयाली नै धपाइएको छ।
यशैया 28 : 4
4 त्यसको महिमित शोभाको ओइलाउने फूल, जो प्रशस्त उब्जनी हुने बेँसीको सिरानमा राखिएको छ, त्यो कटनीभन्दा पहिले पाकेको अञ्जीरजस्तो हुनेछ, जो कसैले देख्ने बित्तिकै हातमा लिएर निलिहाल्छ।
यशैया 32 : 11
11 हे निर्धक्क बस्ने महिला हो, काम। हे निश्चिन्त छोरीहरू हो, थरथराओ। आफ्ना वस्त्र उतारेर नाङ्गो होओ, र आ-आफ्नो कम्मरमा भाङ्ग्रा लगाओ।
यशैया 47 : 9
9 ‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्यादै टुनामुना र तेरो शक्तिशाली तन्त्रमन्त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्।
होशे 9 : 1
1 ए इस्राएल, नरमाओ। अरू जाति-जातिहरूझैँ आनन्दले नरमाओ, किनकि तिमी आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छौ! अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीलाई मन पर्छ।
होशे 9 : 11
11 एफ्राइमको गौरव पक्षी झैँ उड़िजानेछ। तिनीहरूमा न त कुनै जन्म, न कुनै गर्भवास, न गर्भधारण हुनेछ।
होशे 9 : 13
13 मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर स्थलमा रोपिएको देखें, तर एफ्राइमले आफ्नो छोराछोरीहरूलाई संहारको निम्ति डोर्याएर ल्याउनेछ।”
आमोस 6 : 7
7 यसकारण निर्वासनमा जानेहरूमध्ये तिमीहरू पहिला हुनेछौ, र तिमीहरूका भोज र मोजमज्जा समाप्त हुनेछन्।
आमोस 8 : 10
10 म तिमीहरूका धार्मिक चाड़हरूलाई विलापमा र तिमीहरूका सबै गीतहरूलाई रुवाइमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्रा लाउन र कपाल खौरन लगाउनेछु। एउटै मात्र छोराको निम्ति विलाप गरेझैँ त्यस समयलाई तुल्याउनेछु। त्यसको अन्त्य तीतो हुनेछ।”
मीका 2 : 1 – 168
1 धिक्कार तिनीहरूलाई, जसले अधर्मको युक्ति निकाल्छन्, जो आफ्ना ओछ्यानमा ढल्केर खराब षड्यन्त्र रच्दछन्। बिहान उज्यालो हुने बित्तिकै त्यो काम तिनीहरू गरिहाल्दछन्, किनभने त्यो गर्ने सामर्थ्य तिनीहरूसँग छ।
2 तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्छन्, र घरहरूको लोभ गरेर ती कब्जा गर्छन्। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्छन्।
3 यसैकारण परमप्रभु भन्नुहुन्छ, “म यस प्रजाको निम्ति यस्तो विनाशको योजना रच्दैछु। त्यसबाट तिमीहरू बाँच्न सक्दैनौ। तिमीहरू घमण्डसाथ हिँड्न सक्नेछैनौ, किनकि त्यो एउटा विपत्तिको समय हुनेछ।
4 त्यस दिन मानिसहरूले तिमीहरूलाई हाँसोमा उड़ाउनेछन्। तिनीहरूले यो विलापको गीत गाएर तिमीहरूको खिसी गर्नेछन्, ‘हामी बिलकुलै नष्ट भयौं। मेरो प्रजाको सम्पत्ति बाँड़िएको छ। उहाँले त्यो खोस्नुहुन्छ। उहाँले हाम्रा जमिनहरू हामीलाई धोका दिनेहरूलाई बाँड़िदिनुहुन्छ’।”
5 यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन।
6 “अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्छन्। “यी कुरासम्बन्धी अगमवाणी नगर।” बेइज्जत हामीमाथि आइपर्नेछैन।”
7 हे याकूबका घराना हो, के यसै भनिओस् त? “के परमप्रभुका आत्मा रिसाउनुभएको छ? के उहाँले यस्तो काम गर्नुहुन्छ र? “के सोझो बाटो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन र?
8 भर्खरै मेरा प्रजा शत्रुहरूझैँ खड़ा भएका छन्। केही परवाह नगरी छेउबाटै जानेहरूबाट तिमीहरूले लड़ाइँबाट फर्कने मानिसहरूले जस्तै मूल्यवान् खास्टो खोसेर लैजान्छौ।
9 मेरा प्रजाका स्त्रीहरूलाई तिनीहरूका आनन्दमय घरहरूबाट तिमीहरू निकालिदिन्छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष् सदाको निम्ति तिमीहरू खोसिलैजान्छौ।
10 उठ, गइहाल! किनकि यो तिमीहरूको विश्राम गर्ने ठाउँ होइन, किनभने त्यो दूषित पारिएको छ, केही उपाय नहुने गरी यो नष्ट पारिएको छ।
11 यदि कुनै झूट बोल्ने र छली मानिस ‘म तिम्रो निम्ति धेरै दाखमद्य र मद्यको निम्ति अगमवाणी गर्नेछु” भनेर भन्छ भने, त्यो यस प्रजाको निम्ति उचित अगमवक्ता हुनेछ!
12 “हे याकूब, म निश्चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्चय नै जम्मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्मा गर्नेछु। त्यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ।
13 बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्काएर बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।
Leave a Reply