यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् संवेदनशीलता
२ यूहन्ना 1 : 8
8 होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ, त्यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।
रोमी 8 : 1
1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”
१ यूहन्ना 1 : 6
6 यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं।
रोमी 16 : 17
17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस।
प्रेरित 20 : 28 – 31
28 तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।
29 किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्।
30 तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्ने मानिसहरू उठ्नेछन्, जसले चेलाहरूलाई आफ्ना पछि लैजानेछन्।
31 यसकारण यो सम्झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।
तीतस 3 : 10
10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्ट चेताउनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख,
Leave a Reply