यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् संलग्नता
उपदेशक 4 : 9
9 एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्।
कलस्सी 3 : 14
14 यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।
होशे 2 : 19 – 20
19 म तँलाई सधैँको निम्ति मेरी पत्नी तुल्याउनेछु। म धार्मिकता र न्यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्नी तुल्याउनेछु।
20 म तँलाई ईमानदारीमा मेरी पत्नी तुल्याउनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस्।”
आमोस 3 : 3
3 के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र?
मर्कूस 10 : 9
9 यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।”
१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
मर्कूस 10 : 8
8 र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
श्रेष्ठगीत 8 : 6
6 मलाई तपाईंको हृदयमा एउटा छापजस्तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्तै, किनभने प्रेमचाहिँ मृत्युजस्तै प्रबल हुन्छ, यसको तृष्णा चिहानजस्तै हठी। त्यो कुनै पनि ज्वालाभन्दा पनि कड़ा दन्केको आगोझैँ दन्किन्छ।
व्यवस्था 24 : 5
5 नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्य कुनै कामको अभिभारा त्यसलाई नदिनू। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी पत्नीलाई आनन्द देओस्।
१ राजाहरू 9 : 3
3 परमप्रभुले तिनलाई भन्नुभयो: “तैंले मेरो सामुन्ने चढ़ाएको प्रार्थना र अर्ज-बिन्ती मैले सुनें। तैंले निर्माण गरेको यस मन्दिरलाई मैले पवित्र पारेको छु, र सदाको निम्ति मैले मेरो नाउँ त्यहाँ राखेको छु। मेरो नजर र मेरो हृदय त्यहाँ सधैँभरि रहनेछ।
१ कोरिन्थी 7 : 10
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्।
यूहन्ना 15 : 12
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
भजनसंग्रह 127 : 1
1 यात्राको निम्ति सोलोमनको गीत [1] परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।
यूहन्ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
मत्ती 19 : 6
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
भजनसंग्रह 118 : 1 – 29
1 परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
2 इस्राएलले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
3 हारूनको वंशले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
4 परमप्रभुको भय मान्नेहरूले भनून्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
5 मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो।
6 परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र?
7 परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु।
8 परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
9 परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
10 सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
11 तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
13 म बलपूर्वक पछाडि घचेटिएँ र लड्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14 परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।
15 धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
16 परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”
17 म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।
18 परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वशमा सुम्पनुभएको छैन।
19 मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु।
20 परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्।
21 तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईंलाई धन्यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ।
22 जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो,
23 यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ।
24 आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं।
25 हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्।
26 परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं।
27 परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्म हर्षसाथ जाओ।
28 तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंमा धन्यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु।
29 परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
व्यवस्था 20 : 7
7 कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्यो आफ्नो घरमा फर्कोस्। त्यो लड़ाइँमा मारियो भने अर्को मान्छेले त्यसलाई लैजाला।”
मत्ती 24 : 1 – 51
1 त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
2 तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूले यी सब देख्छौ, होइन त? साँच्चै, म तिमीहरूलाई भन्छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ।”
3 येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”
4 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्।
5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्।
6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन।
7 किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्।
8 तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्।
10 तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ।
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्।
12 दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
13 तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ।
14 अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।
15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्),
16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।
17 कौसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्।
18 खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्।
19 हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
20 तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर।
21 किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।
22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।
23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर।
24 किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।
25 याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्वास नगर।
27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
28 जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्।
29 “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।
30 तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्।
31 उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
32 “तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
33 त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
34 साँच्चै, म तिमीहरूलाई भन्दछु, कि यी सबै पूरा नहोउञ्जेल यो पुस्ता बितिजानेछैन।
35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।
36 “तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले।
37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्तै हुनेछ।
38 किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।
40 त्यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।
41 दुई स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ।
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्दैनौ।
43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्नो घर फोर्न दिनेथिएन।
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45 “विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस् भनी खटाएको हुन्छ?
46 त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ।
47 साँच्चै, म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्त गर्नेछ।
48 तर यदि त्यस दुष्ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
49 आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लाग्यो भने,
50 त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्नेछ।
51 अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।”
Leave a Reply