संतहरूलाई प्रार्थना गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् संतहरूलाई प्रार्थना गर्दै

१ तिमोथी 2 : 5
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

प्रकाश 5 : 8
8 जब उहाँले त्‍यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्‍ने घोप्‍टो परे। प्रत्‍येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्‍तहरूका प्रार्थना हुन्‌।

एफिसी 6 : 18
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

रोमी 8 : 27
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।

१ तिमोथी 2 : 1
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

मत्ती 6 : 7
7 र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

लूका 20 : 46
46 “लामो पोशाक पहिरेर यताउति हिँड्‌ने, र बजारमा अभिवादन खोज्‍ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्‍थान रुचाउने शास्‍त्रीहरूदेखि होशियार रहो।

यूहन्‍ना 15 : 7
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ।

१ कोरिन्थी 14 : 33
33 किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *