यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् संगठित हुँदैछ
१ कोरिन्थी 14 : 33
33 किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार,
लूका 14 : 28 – 30
28 “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
29 नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्,
30 ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
हबकूक 2 : 2
2 तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्, र समाचारवाहक त्यससित दौड्न सकोस्।
१ इतिहास 6 : 32
32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेल पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले विधिपूर्वक आफ्ना बाजा बजाउने कर्तव्य गर्दैरहे।
१ कोरिन्थी 14 : 40
40 तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।
प्रेरित 20 : 28
28 तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।
मत्ती 5 : 48
48 यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।”
Leave a Reply