शोक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शोक

लेवीहरू 10 : 6
6 तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्‍ना लुगा नच्‍यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्‍निले नष्‍ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्‍छ।

लेवीहरू 21 : 10
10 “‘जो आफ्‍ना दाजुभाइमा प्रधान पूजाहारी भएको छ, र जसको शिरमा अभिषेकको तेल खन्‍याइसकेको छ, अनि जो पूजाहारी पदको वस्‍त्र लगाउनलाई अलग गरिएको छ, त्‍यसले आफ्‍नो शिरको कपाल शोकमा नफुकाओस्, अनि आफ्‍नो लुगा नच्‍यातोस्‌।

२ शमूएल 12 : 16
16 दाऊदले त्‍यस बालकको निम्‍ति परमप्रभुसित बिन्‍ती गरे। तिनी उपवास बसे, र आफ्‍नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए।

२ शमूएल 14 : 2
2 तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्‍त्रीलाई बोलाइपठाए। तिनले त्‍यसलाई भने, “शोक गर्ने स्‍त्रीझैँ बहाना गर, शोकको लुगा लाऊ, केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्‍त्रीझैँ बन।

लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

लेवीहरू 21 : 5
5 “‘पूजाहारीहरूले शोकमा आफ्‍नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून्‌ र आफ्‍नो शरीरमा कुनै चोट नपारून्‌।

व्यवस्था 14 : 1
1 तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्‍नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।

यर्मिया 16 : 7
7 मर्नेको लागि विलाप गर्नेलाई— आमा-बुबाको लागि विलाप गर्नेलाई पनि— सान्‍त्‍वना दिन भनी कसैले उसको निम्‍ति खानेकुरो दिनेछैन, न सान्‍त्‍वनाको पानी दिइनेछ।

यर्मिया 41 : 5
5 शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्‍यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्‍नबलि र धूप चढ़ाउन आए।

उत्‍पत्ति 50 : 10
10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति विलाप गरे।

प्रस्‍थान 12 : 30
30 फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्‍यहाँ एउटा नमरेको कुनै घर थिएन।

१ शमूएल 30 : 4
4 यसर्थ दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।

यर्मिया 22 : 18
18 यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘हाय, मेरो दाजु! हाय, मेरी बहिनी!’ भन्‍दै त्‍यसको लागि तिनीहरू रुनेछैनन्‌। ‘हाय, मेरा मालिक! हाय, उहाँको गौरव!’ भन्‍दै त्‍यसको निम्‍ति तिनीहरू रुनेछैनन्‌।

मत्ती 2 : 18
18 “रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।”

१ शमूएल 31 : 13
13 त्‍यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्‍याउको बोटमुनि गाड़े, र सात दिनसम्‍म तिनीहरू उपवास बसे।

२ शमूएल 1 : 12
12 अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्‍मै उपवास बसे।

२ शमूएल 3 : 35
35 तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन्‌ भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्‍तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌।”

लेवीहरू 21 : 11
11 कुनै लाश भएको ठाउँ गएर त्‍यसले आफैलाई अशुद्ध नपारोस्‌— चाहे त्‍यो आफ्‍नै बुबा वा आमाको लाश होस्‌।

लेवीहरू 10 : 6
6 तब मोशाले हारून र उनका छोराहरू, एलाजार र ईतामारलाई भने, “तिमीहरूका शिरका केश नफुकाओ, आफ्‍ना लुगा नच्‍यात, नत्रता तिमीहरू मर्नेछौ र सबै समुदायमाथि परमप्रभुको क्रोध पर्ला। तर परमप्रभुले पठाउनुभएको अग्‍निले नष्‍ट भई मरेकाहरूका लागि तिमीहरूका नातेदारहरू, इस्राएलका सारा घरानाले विलाप गरे हुन्‍छ।

जकरिया 12 : 1 – 168

1 इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्‍वीको जग बसाल्‍नुहुने र मानिसको आत्‍मा त्‍यसभित्र रच्‍नुहुने परमप्रभु घोषणा गर्नुहुन्‍छ:
2 “हेर, म यरूशलेमलाई त्‍यसका चारैतिरका मानिसहरूका निम्‍ति धरमराइदिने कचौरा तुल्‍याइदिनेछु। यरूशलेमको साथै यहूदा घेरामा पर्नेछ।
3 त्‍यस दिन जब पृथ्‍वीका सबै जाति त्‍यसको विरुद्धमा जम्‍मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्‍ति एउटा अटल चट्टान तुल्‍याइदिनेछु। त्‍यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्‌।
4 त्‍यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्‍यसको सवारलाई पागल तुल्‍याइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “यहूदाको घरानामाथि म मेरो दृष्‍टि राख्‍नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्‍धो तुल्‍याइदिनेछु।
5 तब यहूदाका अगुवाहरूले आ-आफ्‍नो हृदयमा यसो भन्‍नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्, किनकि सर्वशक्तिमान्‌ परमप्रभु तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ’।
6 “त्‍यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्‍तै र बिटाहरूका बीचमा जल्‍दोबल्‍दो राँकोजस्‍तै तुल्‍याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्‍म पार्नेछन्, तर यरूशलेम आफ्‍नै स्‍थानमा कायम रहनेछ।
7 “परमप्रभुले यहूदाका वासस्‍थानहरूलाई पहिले बचाउनुहुनेछ, र यसरी दाऊदका घरानाको गौरव र यरूशलेमका बासिन्‍दाहरूको गौरव यहूदाको भन्‍दा बढ्‌ता नहोस्‌।
8 त्‍यस दिन परमप्रभुले यरूशलेमका बासिन्‍दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्‍ये जो सबैभन्‍दा कमजोर छ त्‍यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्‍वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्‍वर्गदूतझैँ हुनेछ।
9 त्‍यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ।
10 “अनि म दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्‍मा खन्‍याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्‍यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्‍मेको पुत्रको निम्‍ति गरेजस्‍तै शोक गर्नेछन्‌।
11 मगिद्दोको बेँसीमा हदद-रिम्‍मोनको जस्‍तो ठूलो रुवाबासी भएको थियो, त्‍यस्‍तै ठूलो विलाप त्‍यस दिन यरूशलेममा हुनेछ।
12 देशभरि प्रत्‍येक घरानाले, त्‍यसका पत्‍नीहरूलेसहित अलग-अलग्‍गै शोक गर्नेछन्, दाऊदका घरानाकाहरू र तिनका पत्‍नीहरू, नातानका घरानाकाहरू र तिनका पत्‍नीहरू,
13 लेवीका घरानाकाहरू र तिनका पत्‍नीहरू, शिमीका वंश र तिनका पत्‍नीहरू,
14 बाँकी रहेका सबै वंशहरू र तिनका पत्‍नीहरू विलाप गर्नेछन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *