शेलेमिया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेलेमिया

१ इतिहास 26 : 14
14 पूर्व ढोकाको लागि शेलेम्‍याहको नाउँमा पर्‍यो। त्‍यसपछि तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको नाउँमा उत्तर ढोका पर्‍यो।

एज्रा 10 : 39
39 शिमी, शेलेम्‍याह, नातान, अदायाह,

एज्रा 10 : 41
41 अज्रेल, शेलेम्‍याह, शमरयाह,

नहेम्‍याह 3 : 30
30 तिनको छेउमा शेलेम्‍याहका छोरा हनन्‍याह र सालापका जन्‍तरे छोरा हानूनले अर्को एउटा भाग मरम्‍मत गरे। तिनका छेउमा बेरेक्‍याहका छोरा मशुल्‍लामले आफ्‍नो डेराको सामु मरम्‍मत गरे।

नहेम्‍याह 13 : 13
13 मैले पूजाहारी शेलेम्‍याह, शास्‍त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्‍डारका जिम्‍मावाल नियुक्त गरें, र जक्‍कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्‍वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्‍ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।

यर्मिया 36 : 14
14 तब अधिकारीहरू सबै मिलेर नतन्‍याहका छोरा, शेलेम्‍याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्‍यो लिएर तिनीहरूकहाँ आए।

यर्मिया 36 : 26
26 त्‍यसको सट्टा राजाले आफ्‍ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्‍याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्‍याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो।

यर्मिया 37 : 3
3 तापनि सिदकियाह राजाले शेलेम्‍याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्‍याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्‍ति परमप्रभु हाम्रा परमेश्‍वरलाई प्रार्थना गरिदेऊ।”

यर्मिया 38 : 1
1 मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्‍दै गरेका सुने,

यर्मिया 37 : 13
13 तर जब तिनी बेन्‍यामीनको ढोकामा आइपुगे तब हनन्‍याहका नाति, शेलेम्‍याहका छोरा गारदका कप्‍तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *