यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेलफिश खाने
लेवीहरू 11 : 9
9 “‘जल-जन्तुहरूमध्ये यो तिमीहरूले खानु हुन्छ, अर्थात् सागर र नदीहरूमा भएका पखेटा र कत्ला हुने जति तिमीहरूले खानु हुन्छ।
लेवीहरू 11 : 10
10 तर पानीमा चलहल गर्ने सबै जन्तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन् र जसमा पखेटा र कत्ला छैनन्, ती सब तिमीहरूका निम्ति घृणित हुन्।
उत्पत्ति 9 : 3
3 जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु।
रोमी 14 : 1 – 23
1 विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ।
3 खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ।
6 जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।
7 हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं।
8 यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं।
9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्।
10 तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।
13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं।
14 म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ।
15 यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्।
16 यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ।
17 किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
18 जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ।
19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।
20 खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21 उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
22 तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23 तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
लेवीहरू 11 : 1 – 47
1 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2 “इस्राएलीहरूलाई यसो भन्: पृथ्वीमा भएका सारा जीवित पशु-पक्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्छ।
3 पशुहरूमध्ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्छ।
4 “‘तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात् ऊँट, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
5 अनि शापन, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
6 अनि खरायो, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
7 अनि सुँगुर, किनभने त्यसको खुर पूरै चिरिएको त हुन्छ, तर उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्ति अशुद्ध हुन्।
9 “‘जल-जन्तुहरूमध्ये यो तिमीहरूले खानु हुन्छ, अर्थात् सागर र नदीहरूमा भएका पखेटा र कत्ला हुने जति तिमीहरूले खानु हुन्छ।
10 तर पानीमा चलहल गर्ने सबै जन्तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन् र जसमा पखेटा र कत्ला छैनन्, ती सब तिमीहरूका निम्ति घृणित हुन्।
11 ती तिमीहरूका निम्ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।
12 पानीमा हुने तर पखेटा र कत्ला नहुने जति तिमीहरूका निम्ति घृणित हुनेछन्।
13 “‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्— गरुड, गिद्ध, कालो गिद्ध।
14 रातो चील र सबै थरीका कालो चील,
15 सबै थरीका काग,
16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुन्द्री चरो, सबै थरीका बाज,
17 सानो लाटोकोसेरो, जल कौवा, भुल्का,
18 सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, माछा खाने चील,
19 सारस, सबै थरीका बकुल्ला, फाप्रेचरो र चमेरो।
20 “‘पखेटा भएका चारै खुट्टाले हिँड्ने जीवातहरू सबै तिमीहरूका निम्ति घृणित हुनेछन्।
21 तर पखेटा भएका चार खुट्टाले हिँड्नेहरूमध्ये भूइँमा उफ्रनलाई खुट्टामा जोर्नी भएकाहरूचाहिँ तिमीहरूले खानु हुन्छ।
22 तीमध्ये यी तिमीहरूले खानु हुन्छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्ग्रो।
23 चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्ति घृणित हुनेछन्।
24 “‘यिनीहरूबाट तिमीहरू अशुद्ध हुनेछौ। जसले यिनीहरूका सिनु छुन्छ, त्यो साँझसम्म अशुद्ध रहन्छ।
25 जसले यिनीहरूमध्ये कुनैको सिनु बोक्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
26 “‘हरेक पशु जसको खुर पूरै चिरिएको हुँदैन, र जसले उगेरा गर्दैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हो। ती छुने हरेक अशुद्ध हुन्छ।
27 चार खुट्टाले हिँड्ने सबै पशुहरू जो पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका निम्ति अशुद्ध हुन्। तिनको सिनु छुने सबै साँझसम्म अशुद्ध हुनेछन्।
28 तिनीहरूको सिनु बोक्नेले आफ्ना लुगा धुनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। ती तिमीहरूका निम्ति अशुद्ध हुनेछन्।
29 “‘भूइँमा घस्रने जीवमध्ये यीचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्— अर्थात् न्याउरीमूसो, मूसो, सबै थरीका छेपारो,
30 माउसुली, गोहोरो, भालेमुङ्ग्रो, बालुवाको छेपारो र रङ्ग बद्लने छेपारो।
31 घस्रनेहरूमा अशुद्ध यी नै हुन्। यिनीहरूको सिनु जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
32 यीमध्ये मरेको कुनै एउटा केही कुरामा पर्यो भने, त्यो थोक अशुद्ध हुन्छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्। त्यो पानीमा चोपल्नुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ, त्यसपछि मात्रै त्यो चोखो हुन्छ।
33 कुनै माटोको भाड़ामा यी प्राणीहरूमध्ये कुनै एउटा पर्यो भने त्यो भाँड़ामा भएका सबै थोक अशुद्ध हुनेछन्। त्यो भाँड़ा तिमीहरूले फोरिदिनू।
34 त्यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्छ, र त्यस्तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्छ।
35 कुनै कुरामा, चाहे चुलो होस् वा पकाउने भाँड़ो होस्, त्यसमा तिनीहरूको सिनु खस्यो भने त्यो अशुद्ध हुन्छ। त्यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्, र तिमीहरूका लागि अशुद्धै हुन्छन्।
36 तापनि जरुवा पानी कि दहको पानी शुद्ध हुन्छ, तर तिनीहरूको सिनु छुनेचाहिँ अशुद्ध हुन्छ।
37 छरिने बीउमा तिनीहरूको सिनु पर्यो भने पनि त्यो शुद्धै हुन्छ।
38 तर त्यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्यसमाथि पर्यो भने, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ।
39 “‘तिमीहरूले खाने कुनै पनि पशु मर्यो भने त्यसको सिनु छुने साँझसम्म अशुद्ध हुन्छ।
40 सिनु खाने वा बोक्नेले आफ्ना लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहनेछ।
41 “‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्, ती नखानू।
42 पेटले सुल्कने, कि चार खुट्टाले घस्रने, कि धेरै खुट्टाले भूइँमा घस्रने प्राणीहरू तिमीहरूले नखानू, किनभने ती घृणित हुन्।
43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू।
44 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
45 किनकि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।
46 “‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्।
47 शुद्ध र अशुद्ध, अनि प्राणीमा खानु हुने र नहुनेमा भेद राख्नुपर्छ’।”
लेवीहरू 11 : 9 – 12
9 “‘जल-जन्तुहरूमध्ये यो तिमीहरूले खानु हुन्छ, अर्थात् सागर र नदीहरूमा भएका पखेटा र कत्ला हुने जति तिमीहरूले खानु हुन्छ।
10 तर पानीमा चलहल गर्ने सबै जन्तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन् र जसमा पखेटा र कत्ला छैनन्, ती सब तिमीहरूका निम्ति घृणित हुन्।
11 ती तिमीहरूका निम्ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।
12 पानीमा हुने तर पखेटा र कत्ला नहुने जति तिमीहरूका निम्ति घृणित हुनेछन्।
मर्कूस 7 : 19
19 किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)
व्यवस्था 14 : 1 – 29
1 तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।
2 किनकि तिमीहरू त परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्वीमा भएका समस्त मानिसजातिबाट तिमीहरूलाई नै आफ्नो अमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।
3 तिमीहरूले कुनै घृणित थोक नखानू।
4 तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्: गोरु, भेड़ा, बोका,
5 मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा।
6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्छ।
7 तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्छन् तर यिनीहरूका खुर चिरिएका हुँदैनन्। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्।
8 सुँगुर पनि अशुद्ध हुन्छ, किनकि त्यसको खुर चिरिएको त हुन्छ तर त्यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।
9 पानीमा हुनेमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खानु हुन्छ।
10 तर पखेटा र कत्ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्।
11 तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्छ।
12 तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्: गरुड, गिद्ध र कालो गिद्ध,
13 सबै थरीका रातो चील, र कालो चील,
14 सबै थरीका काग,
15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज,
16 सानो लाटोकोसेरो, भुल्का, सेतो लाटोकोसेरो,
17 मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा,
18 सारस, हरथरीका बकुल्ला, फाप्रेचरो र चमेरो।
19 बथान-बथानमा उड्ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्। ती नखानू।
20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्छ।
21 जे मरिसकेको भेट्टाउँछौ, त्यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्ने परदेशीलाई त्यो दिन सक्छौ, र त्यसले त्यो खाए हुन्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू।
22 हरेक साल खेतमा उम्रने उब्जनीबाट तिमीहरूले दशांश अलग राख्न नभुल्नू।
23 जुन स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुन्छ, त्यहीँ आफ्ना अन्न, दाखमद्य र तेलको दशांश र आफ्ना गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका बच्चा उहाँको सामुन्ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको भय सधैँ मान्न सिक्नेछौ।
24 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ, र तिमीहरूले आफ्नो दशांश बोकेर लैजान सक्दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्नुभएको आफ्नो नाउँको वासस्थान साह्रै टाढ़ा छ भने,
25 आफ्नो दशांश बेची पैसा आफ्नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नुभएको स्थानमा जानू।
26 आफ्नो इच्छाअनुसार गाईबस्तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्यही पैसाले किनेर आफ्नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु खाएर आनन्द मनाउनू।
27 तिमीहरूका सहरमा बस्ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्ना केही हिस्सा वा अंश हुँदैन।
28 प्रत्येक तीन वर्षको अन्तमा वर्ष-वर्षको उब्जनीको सबै दशांश सहरको ढुकुटीमा थन्क्याउनू,
29 के तिमीहरूसित सहरमा बस्ने केही हिस्सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष् देऊन्।
हिब्रू 8 : 13
13 यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ।
लेवीहरू 19 : 19
19 “‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्न-भिन्न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ।
Leave a Reply