यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेमीरामोथ
१ इतिहास 15 : 18
18 अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
१ इतिहास 15 : 20
20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्ने राग बजाउन नियुक्त भए।
१ इतिहास 16 : 5
5 तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे।
२ इतिहास 17 : 8
8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।
Leave a Reply