यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शुद्ध हुनु
१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,
5 तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस।
२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
मत्ती 5 : 8
8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
१ यूहन्ना 3 : 3
3 अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।
भजनसंग्रह 12 : 6
6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
१ पत्रुस 2 : 11
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
१ कोरिन्थी 6 : 18
18 व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
रोमी 13 : 13 – 14
13 दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
१ कोरिन्थी 6 : 13
13 “भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ।
१ तिमोथी 1 : 5
5 हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ।
एफिसी 5 : 3
3 तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन।
तीतस 2 : 4 – 5
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न,
5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
१ पत्रुस 1 : 22
22 अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।
भजनसंग्रह 73 : 1
1 आसापको भजन [1] साँच्चै नै इस्राएलको निम्ति परमेश्वर भला हुनुहुन्छ, तिनीहरूका निम्ति जसको हृदय शुद्ध छ।
रोमी 6 : 13
13 आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।
तीतस 2 : 12
12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ।
मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
यूहन्ना 16 : 33
33 मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
Leave a Reply