शुद्धीकरण

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शुद्धीकरण

एस्‍तर 2 : 12
12 छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्‍तुहरूले सिँगारिदिएर स्‍त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्‍यो।

लेवीहरू 12 : 8
8 थुमा ल्‍याउने त्‍यसको औकात छैन भने त्‍यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्‍ति र अर्को पापबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यो शुद्ध ठहरिनेछे’।”

लूका 2 : 22
22 मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए,

लेवीहरू 15 : 33
33 अनि रजस्‍वला हुने स्‍त्री, धातुको रोग लागेको पुरुष वा स्‍त्री, अनि अशुद्ध भएकीसँग सहवास गर्ने पुरुष ती सबै विषयका विधिहरू यी नै हुन्‌।

२ शमूएल 11 : 4
4 दाऊदले तिनलाई ल्‍याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्‍नो रजस्‍वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्‌।) त्‍यसपछि तिनी आफ्‍नो घरमा गइन्‌।

यूहन्‍ना 11 : 55
55 यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्‍तार-चाड़को आरम्‍भ हुन अघि यरूशलेममा गए।

गन्ती 31 : 23
23 अनि आगोले भस्‍म नपार्ने हरेक चीज आगोमा हालेर शुद्ध गर्नू। त्‍यसबाहेक ती सबै शुद्धीकरणको पानीमा चोख्‍याउनुपर्छ। अनि आगोमा भस्‍म हुने चीजहरूचाहिँ त्‍यही पानीमा हालेर शुद्ध गर्नू।

प्रस्‍थान 24 : 8
8 तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “हेर, यो त्‍यस करारको रगत हो, जो परमप्रभुले आफ्‍ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्‍नुभएको छ।”

लेवीहरू 14 : 7
7 सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्‍ट छर्केर तिनले त्‍यसलाई शुद्ध ठहराऊन्‌। तब तिनले त्‍यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्।

हिब्रू 9 : 14
14 ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो।

हिब्रू 9 : 22
22 वास्‍तवमा, व्‍यवस्‍थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्‍दैन।

प्रस्‍थान 19 : 15
15 तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्‍ति तयार होओ। यौनक्रिया नगर।”

लेवीहरू 1 : 9
9 त्‍यसले त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले धोओस्, र ती जम्‍मैलाई पूजाहारीले वेदीमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।

लेवीहरू 1 : 13
13 त्‍यसका आन्‍द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले पखालेर ती जम्‍मै पूजाहारीले वेदीमा डढ़ाएर जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो।

लेवीहरू 9 : 14
14 उनले आन्‍द्रा-भुँड़ी र खुट्टा पखालेर वेदीको होमबलिमा जलाइदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *