शिष्यत्व को लागत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिष्यत्व को लागत

लूका 14 : 25 – 33
25 मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्‍नुभयो,
26 “यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।
27 जुन व्‍यक्ति आफ्‍नो क्रूस बोकेर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।
28 “तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
29 नत्र भने त्‍यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्‍नेहरू सबैले यसो भनेर त्‍यसको गिल्‍ला गर्न लाग्‍नेछन्,
30 ‘यस मानिसले बनाउन त थाल्‍यो तर सिद्ध्याउन सकेन।’
31 “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्‍नो साथ भएका दश हजारले त्‍यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्‍छु कि सक्‍दिनँ भनी पहिले बसेर सल्‍लाह गर्दैन?
32 तिनले नसक्‍ने हो भने, त्‍यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्‍न राजदूत पठाउनेछ।
33 यसकारण तिमीहरूमध्‍ये जसले आफूसित भएका सबै थोक त्‍याग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।

लूका 9 : 23
23 तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌।

लूका 9 : 23 – 26
23 तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌।
24 किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ।
25 किनकि सारा जगत्‌ प्राप्‍त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्‍छ र?
26 तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्‍नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ।

लूका 14 : 26
26 “यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।

लूका 10 : 1 – 42
1 यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्‍दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो।
2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।
3 जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु।
4 न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।
5 “जुन घरमा पस्‍छौ पहिले भन, ‘यस घरलाई शान्‍ति होस्‌!’
6 यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
7 तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़।
8 “जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ,
9 त्‍यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्‍वरको राज्‍य तिमीहरूका नजिक आइपुगेको छ।’
10 तर जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, तब निस्‍केर त्‍यस सहरका सड़कहरूमा जाओ, र भन,
11 ‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्‍याउँछौं। तापनि यो जान, कि परमेश्‍वरको राज्‍य नजिकै आइपुगेको छ।’
12 म तिमीहरूलाई भन्‍दछु, त्‍यस दिन त्‍यस सहरको भन्‍दा सदोमको हालत सहनीय हुनेछ।
13 “धिक्‍कार तँलाई, खोराजीन! धिक्‍कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्‍यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्‌ग्रा लाएर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए।
14 तर न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ।
15 अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्‌।
16 “जसले तिमीहरूका कुरा सुन्‍छ, त्‍यसले मेरो कुरा सुन्‍छ। जसले तिमीहरूलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई अस्‍वीकार गर्दछ, र जसले मलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई पठाउनुहुनेलाई अस्‍वीकार गर्दछ।”
17 ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।”
18 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुलीझैँ खसिरहेको देखें।
19 मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
20 तापनि दुष्‍टात्‍माहरू तिमीहरूको वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्‍वर्गमा लेखिएका छन्‌ भनेर नै रमाओ।”
21 त्‍यही बेला येशू पवित्र आत्‍मामा उल्‍लसित हुनुभयो, र भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्‍यो।
22 “मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्‍दैन। पिता को हुनुहुन्‍छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्‍छा गर्दछ, त्‍यसले बाहेक अरू कसैले जान्‍दैन।”
23 चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्‍तमा भन्‍नुभयो, “धन्‍य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्‍तछन्‌।
24 किनकि म तिमीहरूलाई भन्‍दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्‍तछौ, ती देख्‍ने इच्‍छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्‍दछौ ती सुन्‍ने इच्‍छा गरेका थिए, तर सुनेनन्‌।”
25 व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
26 उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
27 तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”
28 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।”
29 तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।
32 त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”
38 उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ भएकी एउटी स्‍त्रीले उहाँलाई आफ्‍नो घरमा स्‍वागत गरिन्‌।
39 मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्‌। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्‍दथिन्‌।
40 तर मार्था सेवा-सत्‍कारको धेरै काममा अल्‍झेकी थिइन्‌। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्‍यू, मेरी बहिनीले सेवा-सत्‍कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्‍ता राख्‍नुहुन्‍न? त्‍यसलाई भनिदिनोस्, र त्‍यसले मलाई सघाओस्‌।”
41 तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ।
42 तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”

फिलिप्पी 1 : 21
21 किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो।

मत्ती 16 : 26
26 सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?

यूहन्‍ना 6 : 22 – 69
22 समुद्र पारि रहेको भीड़ले भोलिपल्‍ट त्‍यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो, कि येशू आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए।
23 तब तिबेरियासबाट अरू डुङ्गाहरू त्‍यस ठाउँको नजिक आए, जहाँ प्रभुले धन्‍यवाद चढ़ाएपछि तिनीहरूले रोटी खाएका थिए।
24 येशू र उहाँका चेलाहरू त्‍यहाँ नहुनुभएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्‍दै डुङ्गाहरूमा चढ़ेर कफर्नहुममा गए।
25 तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्‍बी, तपाईं यहाँ कहिले आउनुभयो?”
26 येशूले तिनीहरूलाई जवाफ दिई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरू चिन्‍हहरू देखेर होइन, तर अघाउञ्‍जेल रोटी खाएको कारणले मलाई खोज्‍दछौ।
27 नष्‍ट हुने भोजनको निम्‍ति परिश्रम नगर, तर अनन्‍त जीवनसम्‍म रहने भोजनको निम्‍ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्‍वर पिताले उसमाथि आफ्‍नो छाप लगाउनुभएको छ।”
28 तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?”
29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्‍वास गर।”
30 यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्‍ह देखाउनुहुन्‍छ, सो हामी हेरौं, र तपाईंलाई विश्‍वास गरौं? तपाईं के गर्नुहुन्‍छ?
31 हाम्रा पिता-पुर्खाले उजाड़-स्‍थानमा मन्‍न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्‍वर्गबाट रोटी दिनुभयो’।”
32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूलाई स्‍वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्‍वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्‍छ।
33 किनभने परमेश्‍वरको रोटी त्‍यही हो, जो स्‍वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्‍छ।”
34 तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्‌।”
35 येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।
36 तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्‍वास गर्दैनौ।
37 पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ।
38 आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ।
39 र मलाई पठाउनुहुनेको इच्‍छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्‍ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ।
40 किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”
41 यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्‍नुभयो, “स्‍वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
42 तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्‍दैनौं र? अहिले यसले कसरी ‘म स्‍वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍दछ?”
43 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ।
44 मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।
45 ‘अनि ती सबै जना परमेश्‍वरद्वारा सिकाइनेछन्‌’ भनी अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ। प्रत्‍येक जसले पिताबाट सुन्‍छ र सिक्‍छ त्‍यो मकहाँ आउँछ।
46 पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्‍वरबाट आएको हो, उसैले पितालाई देखेको छ।
47 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले विश्‍वास गर्छ त्‍यससित अनन्‍त जीवन छ।
48 म जीवनको रोटी हुँ।
49 तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्‍थानमा मन्‍न खाए तापनि तिनीहरू मरेर गए।
50 स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।
51 स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”
52 तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?”
53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54 मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु।
55 किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।
60 यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?”
61 तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ?
62 तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो?
63 जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।
64 तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।
65 अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।”
66 यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।
67 येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌
69 र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”

मत्ती 10 : 37
37 “जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना बुबा वा आमालाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *