शिलोनाइट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिलोनाइट

१ राजाहरू 11 : 29
29 त्‍यसै बेला यारोबाम यरूशलेमबाट बाहिर गइरहेका थिए, र बेलामा शीलोका अगमवक्ता अहियाहले तिनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्‍टो ओढ़ेका थिए। बाटोमा तिनी दुई मात्र थिए।

१ राजाहरू 12 : 15
15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्‍नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्‍तो स्‍थिति ल्‍याउनुभएको थियो।

१ राजाहरू 15 : 29
29 तिनी राजा हुने बित्तिकै तिनले यारोबामका जम्‍मै परिवारलाई मारे। यारोबामको कुनै जीवित प्राणीलाई तिनले छोड़ेनन्, तर तिनीहरू जम्‍मैलाई सर्वनाश गरे। यसरी आफ्‍ना दास शीलोका अहियाहद्वारा भन्‍नुभएको परमप्रभुको वचन पूरा भयो।

२ इतिहास 9 : 29
29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्‍तकमा वर्णन गरिएका छैनन्‌ र?

२ इतिहास 10 : 15
15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनभने शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुन उहाँले यस्‍तो परिस्‍थिति ल्‍याउनुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *