शिट्टिम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिट्टिम

गन्ती 33 : 49
49 यर्दन नदीको किनारनेर मोआबको मैदानमा बेथ-यशीमोतदेखि लिएर हाबिल-शित्तिमसम्‍मै तिनीहरू वास बसे।

गन्ती 25 : 1
1 इस्राएलीहरू शित्तीममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्‍यभिचार गर्न लागे।

गन्ती 33 : 49
49 यर्दन नदीको किनारनेर मोआबको मैदानमा बेथ-यशीमोतदेखि लिएर हाबिल-शित्तिमसम्‍मै तिनीहरू वास बसे।

यहोशू 2 : 1
1 तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्‍य तवरले पठाएर भने, “त्‍यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्‍याको घरमा आइपुगे, र त्‍यहीँ वास बसे।

योएल 3 : 18
18 “त्‍यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्‍न लाग्‍नेछ। यहूदाका सबै खोल्‍साहरूमा पानी बग्‍न थाल्‍नेछ, र परमेश्‍वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्‍यकालाई भिजाउनेछ।

मीका 6 : 5
5 हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।”

यशैया 41 : 19
19 मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्‍लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु,

प्रस्‍थान 25 : 10
10 “तिनीहरूले बबुल काठको एउटा सन्‍दूक बनाऊन्‌। त्‍यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको होस्‌।

प्रस्‍थान 25 : 13
13 तब तैंले बबुल काठका डन्‍डाहरू बनाएर ती सुनले मोहोर्नू।

प्रस्‍थान 38 : 6
6 डण्‍डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे।

प्रस्‍थान 26 : 37
37 त्‍यस पर्दाको निम्‍ति बबुल काठका पाँच वटा खम्‍बा बनाउनू, र तिनलाई सुनले मोहोर्नू। तिनका अङ्‌कुसे सुनका होऊन्, र तिनका निम्‍ति काँसाका पाँच वटा आधार बनाउनू।”

प्रस्‍थान 38 : 1
1 तिनले बबुल काठको होम-वेदी बनाए। त्‍यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्‍यसको उचाइ तीन हातको थियो।

प्रस्‍थान 38 : 6
6 डण्‍डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *