शिक्षा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिक्षा

उपदेशक 7 : 12
12 जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

हितोपदेश 4 : 13
13 अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो।

हितोपदेश 16 : 16
16 सुनभन्‍दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्‍दा त बरु समझदारी चुन्‍नु कत्ति उत्तम हुन्‍छ।

हितोपदेश 16 : 3
3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

व्यवस्था 11 : 19
19 आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ।

हितोपदेश 9 : 10
10 “परमप्रभुको भय मान्‍नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

कलस्सी 2 : 8
8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

१ कोरिन्थी 2 : 4 – 5
4 मेरो उपदेश र सन्‍देश घतलाग्‍दो र बुद्धिपूर्ण शब्‍दमा थिएन, तर पवित्र आत्‍माको र शक्तिको प्रदर्शनमा थियो,
5 ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।

एफिसी 6 : 4
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

२ यूहन्‍ना 1 : 9
9 ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।

प्रस्‍थान 4 : 12
12 अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।”

यशैया 28 : 9 – 10
9 “त्‍यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्‍यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई?
10 किनकि यस्‍तो छ— गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्‍यहाँ अलिकति।”

दानिएल 1 : 17
17 यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

हितोपदेश 10 : 14
14 बुद्धिमान्‌ मानिसले ज्ञान सञ्‍चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्‍त्‍याउँछ।

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

व्यवस्था 6 : 1 – 25
1 तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्‌।
2 सम्‍पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्‌।
3 हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्‌।
4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।
5 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।
6 मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख।
7 ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर।
8 ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख।
9 ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
10 जब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्‍याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा,
11 जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्‌— जब तिमीहरूले खाएर अघाउनेछौ,
12 तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू।
13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।
14 तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू,
15 किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्‍छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्‍कनेछ, र उहाँले तिमीहरूलाई पृथ्‍वीबाट नाश गर्नुहुनेछ।
16 मस्‍साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर।
17 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान।
18 परमप्रभुको दृष्‍टिमा जुन-जुन कुरा ठीक र असल छन्‌ त्‍यही गर, ताकि तिमीहरूको कल्‍याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्‍यो असल देश तिमीहरूले कब्‍जा गर,
19 र परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले आफ्‍ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाओ।
20 भविष्‍यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्‍वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्‍ला,
21 तब तिमीहरूले त्‍यसलाई भन्‍नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्‍नो बाहुबलले निकाली ल्‍याउनुभयो।
22 परमप्रभुले हाम्रा आँखाकै सामुन्‍ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्‍यन्‍तै भयानक अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरू देखाउनुभयो।
23 हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन उहाँले हामीलाई त्‍यहाँबाट निकाल्‍नुभयो।
24 परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्‍तर हित होस्, र आज पर्यन्‍तझैँ हाम्रो जीवनको पनि रक्षा होस्‌।
25 उहाँका आदेशबमोजिम उहाँको दृष्‍टिमा परमप्रभु हाम्रा परमेश्‍वरका यस सारा व्‍यवस्‍था पालन गर्न हामी होशियार भयौं भने, त्‍यही नै हाम्रो धार्मिकता हुनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *