यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शासकहरू
उत्पत्ति 27 : 29
29 जाति-जातिले तेरो सेवा गरून्। र मानिसहरूले तँलाई दण्डवत् गरून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्। तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”
उत्पत्ति 27 : 37
37 इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकें। र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ। अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु। अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”
उत्पत्ति 10 : 10
10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्कद र कल्नेहबाट भयो, जुन शिनार देशमा छन्।
उत्पत्ति 14 : 24
24 मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।”
उत्पत्ति 17 : 6
6 म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्पन्न हुनेछन्।
उत्पत्ति 21 : 32
32 यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।
उत्पत्ति 14 : 18
18 अनि शालेमका [2] राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्च परमेश्वरका पूजाहारी थिए।
उत्पत्ति 26 : 31
31 बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुट्टिएर गए।
उत्पत्ति 38 : 24
24 प्राय: तीन महिनापछि तिम्री बुहारी तामार वेश्याकी चालमा चलेकी छे, र बेश्यापनबाट गर्भवती पनि भएकी छे भन्ने खबर यहूदालाई सुनाइयो। तब यहूदाले भने, “त्यसलाई यहाँ ल्याएर जलाइदेओ।”
प्रस्थान 6 : 14
14 तिनीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू यी नै हुन्: इस्राएलका पहिले जन्मेका रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्।
उत्पत्ति 17 : 20
20 अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुनें। हेर्, म त्यसलाई आशिष् दिनेछु, र म त्यसलाई फल्दो-फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्यो पिता हुनेछ, र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु।
Leave a Reply