यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शारीरिक ईसाई
१ कोरिन्थी 3 : 1 – 23
1 भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोलेजस्तै म बोल्न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकसँग बोलेजस्तै म बोल्न सकें।
2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसको निम्ति तयार थिएनौ, अनि अझ पनि छैनौ।
3 तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्ने साधारण मानिसजस्ता भएनौ र?
4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र?
5 अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ।
6 मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो।
7 यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।
8 रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ।
9 किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ।
10 मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्।
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ?
17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ।
18 कसैले आफैलाई धोका नदेओस्। तिमीहरूमध्ये कसैले यस युगमा आफैलाई बुद्धिमान् सम्झन्छ भने त्यो मूर्ख बनोस्, ताकि त्यो बुद्धिमान् बन्न सकोस्।
19 किनकि संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्छ।”
20 र फेरि, “बुद्धिमान्हरूका विचार व्यर्थ हुन् भनी परमप्रभु जान्नुहुन्छ।”
21 यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्। किनकि सबै थोक तिमीहरूकै हुन्,
22 चाहे पावल, कि अपोल्लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्यु, वा वर्तमान, कि भविष्य, सबै तिमीहरूकै हुन्,
23 र तिमीहरू ख्रीष्टका हौ, अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ।
रोमी 8 : 1 – 9
1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
2 पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।
3 पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो,
4 यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभावअनुसार होइन, तर पवित्र आत्माअनुसार चल्दछौं।
5 किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
6 किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
7 किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ।
8 पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
9 यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, तिमीहरू पापमय स्वभावमा होइन, तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन।
१ कोरिन्थी 3 : 1
1 भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोलेजस्तै म बोल्न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकसँग बोलेजस्तै म बोल्न सकें।
गलाती 5 : 17
17 किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
एफिसी 5 : 1 – 33
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।
3 तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन।
4 कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्।
5 किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।
6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ।
7 यसकारण तिनीहरूसँग सहभागी नहोओ,
8 किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर,
9 किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ,
10 र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर।
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
12 किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो।
13 तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो।
14 यसैले यस्तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
20 सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।
21 ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ।
24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।
28 त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
32 यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
रोमी 6 : 2
2 त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?
रोमी 8 : 8
8 पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
रोमी 8 : 6
6 किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
Leave a Reply