यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शाफान
२ राजाहरू 22 : 14
14 यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्।
२ इतिहास 34 : 20
20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, [1] सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्नै निम्ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।
यर्मिया 36 : 12
12 तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह बसिरहेका थिए।
२ राजाहरू 22 : 12
12 तिनले पूजाहारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका टहलुवा असायाहलाई यो हुकुम गरे:
२ राजाहरू 25 : 22
22 बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा आफूले छोड़ेका मानिसहरूमाथि नियुक्त गरे।
२ इतिहास 34 : 20
20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, [1] सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्नै निम्ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।
यर्मिया 26 : 24
24 शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्पिएनन्।
यर्मिया 39 : 14
14 मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्याए। तिनलाई घरमा लैजाने जिम्मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्ना मानिसहरूसँगै रहे।
यर्मिया 40 : 5
5 तापनि यर्मिया जान लाग्दा नबूजरदानले फर्केर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका नगरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। त्यहाँ तिनीसँगै अरू मानिसहरूसित तिमी बस, अथवा तिमीलाई जता जान मन लाग्छ त्यतै जाऊ।” तब सेनापतिले तिनलाई खाने भत्ता र उपहार दिए, र तिनलाई छोड़िदिए।
यर्मिया 40 : 9
9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई ढाड़स दिन यो शपथ खाएर भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।
यर्मिया 40 : 11
11 जब मोआबमा, अम्मोनमा र एदोममा र अरू देशहरूमा भएका सारा यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदामा केही मानिसहरूलाई छोड़िराखेका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्,
यर्मिया 41 : 2
2 तब नतन्याहको छोरो इश्माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले मारे।
यर्मिया 43 : 6
6 पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे।
यर्मिया 29 : 3
3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहलाई जिम्मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्तो थियो:
इजकिएल 8 : 11
11 तिनीहरूका सामुन्ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्नो धुपौरो थियो, र धूपको सुगन्धित धूवाँ मास्तिर उठिरहेको थियो।
Leave a Reply