यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शाफत
गन्ती 13 : 5
5 शिमियोनको कुलबाट होरीका छोरा शाफात,
१ राजाहरू 19 : 16
16 तब निम्शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्।
१ राजाहरू 19 : 19
19 यसैले एलिया त्यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनीमाथि ओढ़ाइदिए।
२ राजाहरू 3 : 11
11 तर यहोशापातले सोधे, “के यहाँ परमप्रभुका कुनै एक जना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपूछ गर्न सक्छौं?” इस्राएलका राजाका अधिकृतहरूमध्येका एक जनाले भने, “शाफातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हातमा पानी हालिदिन्थे।”
२ राजाहरू 6 : 31
31 तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर त्यसका काँधमा नै रह्यो भनेदेखि परमप्रभुले यो व्यवहार मात्र होइन, तर त्यसभन्दा पनि बढ़ी व्यवहार मसँग गरून्।”
१ इतिहास 3 : 22
22 शकन्याहका सन्तान: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्मा छ जना।
१ इतिहास 5 : 12
12 योएल प्रधान थिए, दर्जामा दोस्रो शापाम, त्यसपछि बाशानमा यानै र शाफात।
१ इतिहास 27 : 29
29 शारोनमा चर्ने गाई-गोरुहरू शारोनी शित्रैको जिम्मामा थिए। बेँसीमा गाई-गोरुहरू अदलैका छोरा शाफातको जिम्मामा थिए।
Leave a Reply