यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शान्त समय
मत्ती 6 : 6
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
याकूब 4 : 8
8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
भजनसंग्रह 1 : 2
2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।
मत्ती 14 : 22 – 23
22 उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो।
23 भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो।
भजनसंग्रह 119 : 11
11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।
भजनसंग्रह 1 : 1 – 6
1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।
3 त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।
4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्।
5 यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ।
भजनसंग्रह 46 : 10
10 “शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।”
मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
भजनसंग्रह 119 : 9
9 जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
मर्कूस 1 : 35 – 37
35 बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।
36 सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए।
37 उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।”
हिब्रू 13 : 9
9 विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
१ राजाहरू 19 : 11 – 12
11 परमप्रभुले भन्नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खड़ा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्नथ्यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्नथ्यो।
12 भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो।
भजनसंग्रह 62 : 1
1 सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि दाऊदको भजन [1] मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।
प्रकाश 3 : 20
20 हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ।
मर्कूस 11 : 22 – 24
22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “परमेश्वरमा विश्वास राख।
23 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ।
24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।
भजनसंग्रह 91 : 1
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ।
Leave a Reply