शान्ति प्रेम र विश्वास

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शान्ति प्रेम र विश्वास

एफिसी 6 : 1 – 24
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
5 कमारा हो, डर र कम्‍पसाथ साँचो हृदयले ख्रीष्‍टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।
6 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर।
7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,
8 यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
9 मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।
19 मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,
20 जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।
21 म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।
22 हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।
23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम!
24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

एफिसी 2 : 8
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *