शस्त्रागार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शस्त्रागार

नहेम्‍याह 3 : 19
19 तिनको छेउमा मिस्‍पाका शासक येशूअका छोरा एसेरले अर्को एउटा भाग हतियारखानाका भिरालोको सामुन्‍नेदेखि मरम्‍मत गरे।

श्रेष्‍ठगीत 4 : 4
4 तिम्रो घाँटी दाऊदको भव्‍य धरहराजस्‍तै छ। त्‍यहाँ एक हजार ढाल झुण्‍डाइएका छन्, ती सबै योद्धाहरूका ढाल हुन्‌।

यशैया 22 : 8
8 यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्‍याइएका छन्‌। त्‍यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्‍यौ।

यशैया 39 : 2
2 हिजकियाले ती राजदूतहरूलाई सहर्ष स्‍वागत गरे, र उनीहरूलाई आफ्‍नो भण्‍डारका सुन, चाँदी, मसलाहरू, सुगन्‍धित तेलहरू, आफ्‍ना सारा हतियार-गृह र आफ्‍नो कोषमा भएका सबै सामानहरू देखाइदिए। आफ्‍नो महल र आफ्‍नो राज्‍यमा तिनले उनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन।

१ राजाहरू 10 : 17
17 तिनले पिटेको सुनका तीन सय ससाना ढालहरू पनि बनाए। प्रत्‍येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।

यर्मिया 50 : 25
25 परमप्रभुले आफ्‍नो गट्ठाघर खोल्‍नुभएको छ, र उहाँले आफ्‍नो क्रोधका हतियारहरू निकाल्‍नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले गर्नुपर्ने काम छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *