यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शरीर आत्मा र आत्मा
१ थेसलोनिकी 5 : 23
23 शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून्।
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
याकूब 2 : 26
26 जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
उपदेशक 12 : 7
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
हिब्रू 4 : 12
12 किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
उत्पत्ति 2 : 7
7 तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।
गलाती 5 : 16 – 17
16 तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।
17 किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
१ थेसलोनिकी 4 : 13 – 17
13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्।
14 किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ।
15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं।
16 किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।
17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
मत्ती 16 : 26
26 सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?
रोमी 12 : 1 – 21
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
18 हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
उत्पत्ति 35 : 18
18 तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) तिनले त्यस बालकको नाउँ बेन-ओनी राखिन्। तर त्यसका बुबाले बालकको नाउँ बेन्यामीन राखे।
१ कोरिन्थी 15 : 35 – 58
35 तर कसैले सोध्ला “मृतकहरू कसरी पुनर्जीवित हुन्छन्, र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्?”
36 हे मूर्ख! जे तिमी रोप्तछौ त्यो नमरिकन सजीव हुँदैन।
37 जे तिमी रोप्तछौ त्योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्तछौ, चाहे त्यो गहूँ, अथवा अरू कुनै किसिमको अन्न होस्।
38 तर आफूलाई खुशी लागेबमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ।
39 सबै शरीर एकै किसिमका हुँदैनन्। मानिसको शरीर एक किसिमको, र जीवजन्तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्छ।
40 अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन्। स्वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।
41 सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्छन्। किनभने एउटा तारा अर्को ताराभन्दा तेजमा भिन्दै हुन्छ।
42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ।
43 अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।
44 प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ।
45 यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्तिम आदम जीवन दिने आत्मा भयो।
46 पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो।
47 पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो।
48 माटोले बनिएको मानिसजस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्।
49 जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं।
50 अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ।
51 हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,
52 एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
53 किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
54 जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
55 “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
56 मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो।
57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
58 यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
लूका 1 : 46 – 47
46 अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
यूहन्ना 14 : 1 – 3
1 “तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर।
2 मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?
3 अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।
प्रकाश 6 : 9 – 11
9 जब उहाँले पाँचौँ मोहोर तोड्नुभयो, तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए।
10 अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?”
11 तिनीहरू प्रत्येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै मारिएर संख्यामा पूरा नभएसम्म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।
१ कोरिन्थी 2 : 14
14 जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ।
Leave a Reply