शरीर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शरीर

२ कोरिन्थी 5 : 1
1 किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।

अय्‍यूब 4 : 19
19 माटोका घरमा बस्‍नेमाथि झन्‌ बढ़ी दोष किन भेट्टाउनुहुन्‍न? जसको आधार ता धूलो नै हो, जो सानो पुतलीझैँ कुल्‍चीमिल्‍ची पारिन सक्छ।

१ कोरिन्थी 3 : 16
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

१ कोरिन्थी 6 : 3
3 के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?

१ कोरिन्थी 6 : 15
15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

अय्‍यूब 17 : 14
14 यदि मैले भ्रष्‍टतालाई ‘तपाईं मेरा बुबा’, र कीरालाई ‘तपाईं मेरी आमा’ अथवा ‘मेरा दिदी-बहिनीहरू’ भनी पुकारें भने

१ कोरिन्थी 15 : 54
54 जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *