शब्दहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शब्दहरू

लूका 4 : 22
22 सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्‍केका कृपापूर्ण वचनमा छक्‍क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन्‌ र?”

यूहन्‍ना 6 : 63
63 जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।

यूहन्‍ना 6 : 68
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌

यूहन्‍ना 12 : 48
48 मलाई इन्‍कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्‍यायाधीश छन्‌। जो वचन मैले बोलें त्‍यसैले अन्‍त्‍यको दिनमा त्‍यसको न्‍याय गर्नेछ।

उपदेशक 12 : 11
11 बुद्धिमान्‌का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्‍लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्‌।

उपदेशक 10 : 12
12 बुद्धिमान्‌ मानिसको मुखका वचन शिष्‍टाचार भएका हुन्‍छन्, तर मूर्खचाहिँ आफ्‍नै बोलीले नष्‍ट हुन्‍छ।

हितोपदेश 15 : 23
23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्‍छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्‍छ।

यशैया 50 : 4
4 थाकेकोलाई सम्‍हाल्‍ने वचन जान्‍न सकून्‌ भनेर परमप्रभु परमेश्‍वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्‍छे जगाउनुहुन्‍छ। सिक्‍नेलाई झैँ ध्‍यानसित सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्‍छ।

हितोपदेश 25 : 11
11 ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्‍याउहरूजस्‍तै हुन्‍छन्‌।

याकूब 3 : 2
2 किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ।

भजनसंग्रह 19 : 14
14 हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्‍द र मेरो हृदयका ध्‍यान तपाईंको दृष्‍टिमा ग्रहणयोग्‍य होऊन्‌।

१ कोरिन्थी 14 : 9
9 तिमीहरूसँग पनि यस्‍तै हुन्‍छ। यदि बुझ्‍नै नसकिने शब्‍द तिमीहरू आफ्‍नो जिब्रोले बोल्‍दछौ भने तिमीहरूले के भनिरहेछौ कसले बुझ्‍ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।

१ कोरिन्थी 14 : 19
19 तापनि मण्‍डलीमा अन्‍य भाषामा दश हजार शब्‍द बोल्‍नुभन्‍दा त बरु आफ्‍नै दिमागले पाँच वटा शब्‍द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्‍न चाहन्‍छु।

२ तिमोथी 2 : 14
14 यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *