यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शब्दहरूको शक्ति
हितोपदेश 18 : 21
21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
मत्ती 15 : 18
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्।
हितोपदेश 12 : 18
18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।
मत्ती 12 : 36
36 म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’
हितोपदेश 16 : 24
24 मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ।
कलस्सी 3 : 8
8 तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली।
मत्ती 12 : 37
37 किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
हितोपदेश 13 : 3
3 आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।
हितोपदेश 15 : 1
1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
हितोपदेश 21 : 23
23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ।
याकूब 1 : 26
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ।
भजनसंग्रह 19 : 14
14 हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्।
याकूब 3 : 1 – 12
1 भाइ हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ।
2 किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।
3 यदि घोडाहरूलाई वशमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौं।
4 हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ।
5 त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ।
6 जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ!
7 हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ, र मानिस जातिबाट नै तह लगाइएको छ।
8 तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।
9 यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
11 के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र?
12 मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन।
हितोपदेश 15 : 4
4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ।
हितोपदेश 29 : 20
20 हतारिएर बोल्ने मानिस तँ देख्छस्? त्यसको भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ।
हितोपदेश 17 : 28
28 चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ।
हितोपदेश 25 : 11
11 ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन्।
लूका 6 : 45
45 असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ।
Leave a Reply