यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शपथहरू
मत्ती 5 : 33 – 37
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’
34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो,
35 न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो।
36 आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ।
37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ।
याकूब 5 : 12
12 मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
गन्ती 30 : 2
2 कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ।
हिब्रू 6 : 13
13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकाले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो,
हिब्रू 6 : 17
17 परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो।
भजनसंग्रह 15 : 4
4 जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्लँदैन,
प्रेरित 23 : 12 – 14
12 बिहान उज्यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्या नगरेसम्म केही नखाने र नपिउने शपथ खाए।
13 यो षड्यन्त्र गर्ने मानिसहरू चालीसभन्दा पनि बढ़ी थिए।
14 यिनीहरूले मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूकहाँ गएर भने, “पावलको हत्या नगरेसम्म हामी केही खानेछैनौं भनी हामीले दृढ़ शपथ खाएका छौं।
मत्ती 23 : 18 – 22
18 ‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’
19 ए अन्धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?
20 यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ।
21 मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र वास गर्नुहुनेको शपथ खान्छ।
22 स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ।
हिब्रू 7 : 28
28 किनकि व्यवस्थाले दुर्बल मानिसहरूलाई प्रधान पूजाहारी नियुक्त गर्छ, तर सदासर्वदाको निम्ति सिद्ध तुल्याइनुभएको परमेश्वरका पुत्रलाई व्यवस्थाभन्दा पछि आएको शपथको वचनले नियुक्त गर्छ।
हिब्रू 3 : 11
11 यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।”
हिब्रू 3 : 18
18 आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र?
हिब्रू 7 : 21
21 अघि पूजाहारी हुनेहरूले त साँच्ची नै विनाशपथ पूजाहारीको पद लिएका थिए, तर उहाँचाहिँ शपथसहित पूजाहारी बन्नुभयो, र उहाँको विषयमा परमेश्वर भन्नुहुन्छ, “परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, ‘तिमी सधैँभरिको निम्ति पूजाहारी हौ’।”
यूहन्ना 6 : 67 – 71
67 येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन्
69 र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
व्यवस्था 23 : 21 – 23
21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै भाकल गरेपछि त्यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्यो पूरा भएको हेर्न चाहनुहुन्छ। नत्रता तिमीहरूलाई पाप लाग्नेछ।
22 तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्नेछैन।
23 जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वेच्छापूर्वक आफ्नै मुखले भाकल गरेको हो।
लूका 1 : 73
73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,
मत्ती 14 : 3 – 12
3 किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।
4 यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।”
5 यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे।
6 तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई।
7 त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे।
8 तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।”
9 तब राजा शोकित भए तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए,
10 र तिनले कारागारमा यूहन्नाको शिर काट्न लगाए।
11 अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई।
12 त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।
हिब्रू 4 : 3
3 किनकि हामी विश्वास गर्नेहरूचाहिँ त त्यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्नुभएको छ, “यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
हिब्रू 6 : 16
16 मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्का गरिन्छ।
हिब्रू 6 : 14
14 “म निश्चय तँलाई आशिष् दिनेछु, र तेरो वृद्धि गर्नेछु।”
गलाती 1 : 20
20 परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्तछु त्यो झूटो होइन।
Leave a Reply