विश्वास र उपचार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विश्वास र उपचार

याकूब 5 : 15
15 र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ।

२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।

फिलिप्पी 4 : 19
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

प्रेरित 3 : 16
16 उहाँको नाउँमाथि गरेको विश्‍वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्‍यायो। येशूबाट पाएको विश्‍वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्‍ने पूरा निको पार्‍यो।

मर्कूस 5 : 25 – 34
25 अनि बाह्र वर्ष अघिदेखि रगत बग्‍ने रोग भएकी एउटी स्‍त्री त्‍यहाँ थिई।
26 त्‍यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्‍ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन्‌ खराब हालतमा पुगेकी थिई।
27 येशूको विषयमा त्‍यसले सुनेकी थिई, र भीड़को पछिल्‍तिरबाट आएर उहाँको वस्‍त्र त्‍यसले छोई।
28 किनकि त्‍यसले मनमनै भनी, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको हुनेछु।”
29 अनि तुरुन्‍त त्‍यसको रगत बग्‍ने बन्‍द भइहाल्‍यो, र आफ्‍नो शरीरको रोग निको भएको त्‍यसले थाहा पाई।
30 आफूबाट शक्ति बाहिर निस्‍केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्‍तिर फर्केर सोध्‍नुभयो, “कसले मेरो वस्‍त्र छोयो?”
31 चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्‍नुभएकै छ, र पनि तपाईं भन्‍नुहुन्‍छ “कसले मलाई छोयो?”
32 उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्‍नुभयो।
33 तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्‍यो स्‍त्री डरले काम्‍दै आएर येशूको अगि घोप्‍टो परी, र उहाँलाई सबै सत्‍य कुरा भनिदिई।
34 तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “ए छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्‍तिसाथ जाऊ। तिम्रो रोग निको होस्‌।”

याकूब 5 : 14
14 के तिमीहरूमध्‍ये कोही बिरामी छ? त्‍यसले मण्‍डलीका एल्‍डरहरूलाई बोलाओस्‌। तिनीहरूले प्रभुको नाउँमा त्‍यसलाई तेलले अभिषेक गरेर त्‍यसको निम्‍ति प्रार्थना गरून्,

यशैया 53 : 5
5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।

याकूब 5 : 14 – 16
14 के तिमीहरूमध्‍ये कोही बिरामी छ? त्‍यसले मण्‍डलीका एल्‍डरहरूलाई बोलाओस्‌। तिनीहरूले प्रभुको नाउँमा त्‍यसलाई तेलले अभिषेक गरेर त्‍यसको निम्‍ति प्रार्थना गरून्,
15 र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ।
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

मर्कूस 11 : 24
24 यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।

मत्ती 15 : 28
28 तब येशूले त्‍यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌।” त्‍यसकी छोरी त्‍यही घड़ी निको भइहाली।

मत्ती 9 : 28 – 29
28 उहाँ घरमा पस्‍नुभएपछि ती अन्‍धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्‍छु भनी के तिमीहरू विश्‍वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्‍यू, प्रभु।”
29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्‌।”

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

मत्ती 8 : 5 – 8
5 येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने,
6 “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”
7 उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।”
8 तर कप्‍तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्‍वागत गर्ने योग्‍यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ।

रोमी 8 : 1
1 यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।

मर्कूस 5 : 34
34 तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “ए छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्‍तिसाथ जाऊ। तिम्रो रोग निको होस्‌।”

मत्ती 8 : 2
2 एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।”

प्रेरित 14 : 8 – 10
8 अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन।
9 पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन
10 ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो।

मत्ती 13 : 58
58 अनि तिनीहरूको अविश्‍वासले गर्दा उहाँले त्‍यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *