विश्वास गर्ने मान्छे

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विश्वास गर्ने मान्छे

भजनसंग्रह 118 : 8
8 परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।

मीका 7 : 5 – 8
5 एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्‍वास नगर। आफूसँगै अँगालो मारेर सुत्‍ने पत्‍नीसँग पनि होशियार गरेर बोल।
6 किनकि छोराले आफ्‍नो बुबाको अपमान गर्दछ, छोरी आफ्‍नी आमाको विरुद्धमा उठ्‌दछे, बुहारी आफ्‍नी सासूको विरुद्धमा। मानिसका दुश्‍मनहरू आफ्‍नै घरका मानिसहरू हुन्‍छन्‌।
7 तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्‍छु। मलाई बचाउनुहुने परमेश्‍वरको प्रतीक्षा गर्छु। मेरा परमेश्‍वरले मेरो बिन्‍ती सुन्‍नुहुनेछ।
8 हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्‍तुष्‍ट नहो। म लड़े तापनि उठिहाल्‍नेछु। म अँध्‍यारोमा भए तापनि परमप्रभु मेरो ज्‍योति हुनुहुनेछ।

यर्मिया 9 : 4
4 “आफ्‍ना मित्रहरूदेखि होशियार बस। आफ्‍ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्‌छ।

यशैया 2 : 22
22 नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?

यर्मिया 17 : 5 – 6
5 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ।
6 त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन।

मीका 7 : 5 – 6
5 एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्‍वास नगर। आफूसँगै अँगालो मारेर सुत्‍ने पत्‍नीसँग पनि होशियार गरेर बोल।
6 किनकि छोराले आफ्‍नो बुबाको अपमान गर्दछ, छोरी आफ्‍नी आमाको विरुद्धमा उठ्‌दछे, बुहारी आफ्‍नी सासूको विरुद्धमा। मानिसका दुश्‍मनहरू आफ्‍नै घरका मानिसहरू हुन्‍छन्‌।

हितोपदेश 28 : 26
26 आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।

भजनसंग्रह 146 : 3
3 आफ्‍नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्‍दैनन्‌।

भजनसंग्रह 118 : 9 – 13
9 परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।
10 सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
11 तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
13 म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।

भजनसंग्रह 40 : 3 – 4
3 उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्‍नेछन्‌ र डराउनेछन्‌, र परमप्रभुमा भरोसा राख्‍नेछन्‌।
4 त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा आफ्‍नो भरोसा राख्‍तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्‍छन्‌।

हितोपदेश 25 : 26
26 दुष्‍टको कुरामा लाग्‍ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

यूहन्‍ना 2 : 24 – 25
24 तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्‌नुभएन,
25 किनकि मानिस के हो भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्‍यक थिएन, किनकि मानिसको हृदयमा के हुन्‍छ, सो उहाँ स्‍वयम्‌ जान्‍नुहुन्‍थ्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *