विश्वासको लडाइ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विश्वासको लडाइ

१ तिमोथी 6 : 12
12 विश्‍वासको उत्तम लड़ाइँ लड़। अनन्‍त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्‍थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ।

२ तिमोथी 4 : 7
7 मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।

हिब्रू 10 : 32
32 ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ।

हिब्रू 11 : 34
34 आगोका ज्‍वालाहरू निभाए, तरवारका धारबाट उम्‍के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।

२ इतिहास 20 : 17
17 यो लड़ाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्‍नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्‍किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *