विश्वसनीयता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विश्वसनीयता

कलस्सी 3 : 9 – 10
9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ,
10 र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।

हितोपदेश 11 : 13
13 कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, तर विश्‍वसनीय मानिसले कुरा गुप्‍तमै राख्‍छ।

लूका 16 : 9 – 15
9 म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो निम्‍ति संसारको धनले मित्रहरू बनाओ, र जब त्‍यो धन शेष हुन्‍छ, तब तिनीहरूले तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरून्‌।
10 “जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ।
11 यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला?
12 यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्‍नै धन तिमीहरूलाई कसले देला र?
13 “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन, किनकि त्‍यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्‍यो एउटाको भक्त भएर अर्कालाई तुच्‍छ ठान्‍छ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।”
14 धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे।
15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ, किनकि मानिसहरूका बीचमा जे उच्‍च गनिएको छ, परमेश्‍वरको दृष्‍टिमा त्‍यो तुच्‍छ ठहरिन्‍छ।

हितोपदेश 6 : 16 – 19
16 छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:
17 अहङ्कारी आँखा, झूट बोल्‍ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
18 दुष्‍ट योजनाहरू रच्‍ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,
19 असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।

यूहन्‍ना 17 : 17
17 तिनीहरूलाई सत्‍यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्‍य हो।

हितोपदेश 28 : 26
26 आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।

मत्ती 15 : 18 – 20
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।
20 यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”

रोमी 12 : 17 – 21
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

गन्ती 23 : 19
19 परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

लूका 8 : 15
15 तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *