यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विवाह अघि भर्जिनिटी
एफिसी 5 : 1 – 33
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।
3 तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन।
4 कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्।
5 किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।
6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ।
7 यसकारण तिनीहरूसँग सहभागी नहोओ,
8 किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर,
9 किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ,
10 र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर।
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
12 किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो।
13 तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो।
14 यसैले यस्तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
20 सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।
21 ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ।
24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।
28 त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
32 यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
प्रस्थान 22 : 16 – 17
16 “यदि कसैले मगनी नभएकी कन्ये-केटीलाई फकाएर त्यससित सुत्यो भने, त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नी पत्नी तुल्याओस्।
17 तर त्यस केटीको बुबाले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने, त्यसले कन्ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
१ कोरिन्थी 6 : 16
16 वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्।”
मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
१ कोरिन्थी 6 : 18
18 व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
रोमी 1 : 24 – 32
24 यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्।
25 किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
26 यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे,
27 र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे।
28 यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो।
29 तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झैँझगड़ा, छल, बदख्वाइँले भरिएका हुन्छन्, र तिनीहरू कुरौटे,
30 र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
31 मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्।
32 यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक-विधान जान्दाजान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्।
१ थेसलोनिकी 4 : 3
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
व्यवस्था 22 : 20 – 22
20 तर यदि दोष सत्य ठहरियो र त्यस केटीमा कुमारीत्वको सबूत पाइएन भने,
21 बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्यसलाई बुबाकै घरको ढोकामा ल्याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्। तिमीहरूले तिमीहरूका मध्येबाट यस्तो खराबी हटाउनुपर्छ।
22 कोही पुरुष अर्काकी पत्नीसँग सम्भोग गरिरहेको फेला पर्यो भने, त्यससँग सुत्ने त्यो पुरुष र त्यो स्त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्तो खराबी हटाउनुपर्छ।
१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
मत्ती 19 : 3 – 9
3 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
4 तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
श्रेष्ठगीत 2 : 7
7 यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
१ कोरिन्थी 7 : 1 – 2
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
2 तर व्यभिचारसम्बन्धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्नै पत्नी होस्, र हरेक स्त्रीको पनि आफ्नै पति होस्।
श्रेष्ठगीत 4 : 12
12 मेरी बहिनी, मेरी दुलही, तिमी बन्द राखिएको बगैँचाजस्तो, छोपिएको मुहानजस्तो, एउटा छाप लगाएकी फुहाराजस्तै छ्यौ।
गलाती 5 : 19
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
२ कोरिन्थी 11 : 2
2 ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ।
उत्पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।
Leave a Reply