यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विवाहपूर्व सम्झौताहरू
मत्ती 19 : 8
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
मत्ती 19 : 4 – 6
4 तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
मत्ती 19 : 1 – 30
1 यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो।
2 ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो।
3 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
4 तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
9 म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।”
10 चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”
11 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ।
12 किनकि कोही जन्मँदै नपुंसक हुन्छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्। कतिचाहिँ आफैले आफैलाई स्वर्ग-राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस्।”
13 येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए।
14 तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।”
15 अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो।
16 उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?”
17 उहाँले तिनलाई भन्नुभयो, “असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्नुभयो, “तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।
19 आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”
20 ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”
21 येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो।
23 अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।
24 फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।”
25 यो सुनेर चेलाहरूले अति आश्चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्छ?”
26 येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।”
27 तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”
28 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ।
29 हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।
30 तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
१ कोरिन्थी 6 : 1 – 8
1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ?
2 सन्तहरूले संसारको न्याय गर्छन् भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्दा साना मुद्दाहरू छिन्न के तिमीहरू अयोग्य छौ?
3 के तिमीहरूलाई थाहा छैन, हामी स्वर्गदूतहरूको न्याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन् र?
4 यस्ता झगड़ाहरू तिमीहरूमा छन् भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्तछौ, जुन मानिसहरूलाई मण्डलीले केही मोलका ठान्दैनन्?
5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु। आफ्ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्ने बुद्धिमान् मानिस के साँच्चै तिमीहरूमा कोही पाइँदैन र?
6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छ, त्यो पनि अविश्वासीहरूका सामुन्ने!
7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्नुनै तिमीहरूको हार हो। बरु अन्याय किन नसहनु? बरु किन ठगिएर नै नबस्नु?
8 तर तिमीहरू नै अन्याय गर्दछौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई!
१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
Leave a Reply