विवाहको तर्क

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विवाहको तर्क

एफिसी 5 : 33
33 जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

हितोपदेश 3 : 1 – 35
1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।
3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।
4 तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
6 आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।
7 आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।
8 यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ।
9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,
10 तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।
11 हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्,
12 किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌।
13 धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ,
14 किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ, र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ।
15 त्‍यो मानिकभन्‍दा पनि बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।
16 बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।
17 त्‍यसका मार्गहरू आनन्‍ददायक हुन्‍छन्, र त्‍यसका सबै बाटोहरू शान्‍तिका हुन्‍छन्‌।
18 बुद्धिलाई अँगाल्‍नेहरूका निम्‍ति त्‍यो एक जीवनको रूख हो, त्‍यसलाई पक्रनेहरूले आशिष्‌ पाउनेछन्‌।
19 बुद्धिले नै परमप्रभुले पृथ्‍वीको जगहरू बसाल्‍नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्‍यसको ठाउँमा राख्‍नुभयो।
20 उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्‍के, र बादलले तलतिर शीत झारे।
21 हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे,
22 ती तेरो निम्‍ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्‌।
23 तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन।
24 जब तँ ढल्‍किनेछस्‌ तँ भयभीत हुनेछैनस्, जब तँ ढल्‍किनेछस्‌ तँलाई मीठो निद्रा लाग्‍नेछ।
25 दुष्‍टहरूमाथि एक्‍कासि आइलाग्‍ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,
26 किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ, र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।
27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्‍जेल त्‍यो नरोक्‌,
28 जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌।
29 आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ।
30 विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।
31 हिंसात्‍मक मानिसको ईर्ष्‍या नगर्, र त्‍यसको कुनै पनि मार्गलाई नछान्‌।
32 किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ।
33 दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ।
34 अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ।
35 बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *